नेपाल एअरलाइन्सले साउदी अरेबियामा उडान गर्दै शनिबार, भदौ २, २०८०

नेकपा एसको सचिवालय बैठक जारी शनिबार, भदौ २, २०८०

भ्रष्टाचारमा मुछिएकाको भारी कांग्रेसले बोक्न सक्दैन् : गगन थापा शनिबार, भदौ २, २०८० ‘अपराध गर्ने मान्छे पर्छ, यसमा कसैले टाउको दुखाउनु हुँदैन,’ उनले भने । नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउन पहल सबै मिलेर गर्नु पर्नेमा जोड दिँदै उनले गठबन्धनको बैठक प्रत्यक्ष जनतामाझ पुर्याउन आँट गर्नु पर्ने बताए ।

कांग्रेसको बलमा अरूले सरकार बनाए : आरजु राणा शनिबार, भदौ २, २०८० ‘नेपाललाई अगाडि लग्ने हो भने नेपाली कांग्रेसले नै हो गाइड गर्न सक्ने,’ उनले भनिन्, ‘अहिले गठबन्धनमा मेन गाइडेन्स कांग्रेसकै छ, हाम्रै बलबुतामा अरू पार्टीले सरकार बनाएका छन् ।’
जसले जलहरी हाल्छ, उसले दुनियाँलाई उपदेश दिन्छ : घनश्याम भुसाल शनिबार, भदौ २, २०८० नेकपा एकीकृत समाजवादी महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिबारे टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको कम्युनिष्ट पार्टीहरूको इतिहासबारे ओलीले दिने अभिव्यक्ति विभत्स, डर लाग्दो र घृणास्पद लाग्ने गरेको बताए ।

डेंगु संक्रमितको उपचार प्रदेश सरकारले गर्छ : मुख्यमन्त्री थापा शनिबार, भदौ २, २०८० मुख्यमन्त्री थापाले ध्यानाकर्षण पत्र बुझ्दै डेंगु नियन्त्रण एवं रोकथामका लागि स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक औषधिलगायत सामग्रीसहित सम्पूर्ण उपचारको जिम्मा प्रदेश सरकारले लिने प्रतिबद्धता व्यक्त गरे ।

६१ हजार बोतल प्रतिबन्धित खोकीको औषधि बरामद शनिबार, भदौ २, २०८० गोप्य सूचनाको आधारमा प्रहरीले चुराईबारी क्षेत्रमा ट्रकलाई रोकेर खानतलास गरेको थियो । ‘लागु औषधविरुद्धको हाम्रो अभियान जारी छ, हिजो राति हामीले एउटा ट्रकलाई रोक्यौँ, त्यहाँबाट हामीले प्रतिबन्धित ‘कफ सिरप’का ६१ हजार बोतल बरामद गरेका छौँ,’ जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक प्रताप दासले भने ।

बकुलहर अस्पतालको शय्या निःशुल्क शनिबार, भदौ २, २०८० अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन ज्ञवालीका अनुसार भदौ १ गतेदेखि अस्पतालमा रहेका ९० शय्यामध्ये ७६ शय्या निःशुल्क गरिएको छ । उनका अनुसार अस्पतालका क्याबिन, सघन र बाल सघन उपचार कक्ष गरी १४ शय्याबाहेक अन्य शय्या निःशुल्क गरिएका छन् ।

एमाले नेता नेम्वाङले भने : संसद् अवरोध संविधानसम्मत छैन शनिबार, भदौ २, २०८० मुलुकमा पछिल्ला समय विमानस्थल बाहिर बरामद गरिएको सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्ने किन गर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नभएपछि संघीय संसद्का दुवै सदन अवरुद्ध हुँदै आएका छन् ।

पेट्रोलियम पदार्थको ढुवानी सहज बनाइने छ : मन्त्री रिजाल शनिबार, भदौ २, २०८० निगमको वीरगन्ज शाखाबाट पेट्रोलियम पदार्थको बिलिङ हुँदै आएकामा २०७७ माघदेखि बन्द भएको थियो । अहिले तत्कालका लागि वीरगञ्ज शाखाबाट डिजेलको बिलिङ गरिने र पेट्रोल तथा मट्टीतेलको प्रादेशिक कार्यालय अमलेखगञ्जबाटै हुने व्यवस्था मिलाइएको निगमको वीरगन्ज शाखाका प्रमुख मनोज कुमारले जानकारी दिए ।

आगामी चुनावपछि रास्वपाको सरकार बन्छ : तोसिमा कार्की शनिबार, भदौ २, २०८० ललितपुरमा आयोजित कार्यक्रममा सांसद कार्कीले युवाहरूलाई देशभित्रै राख्न आवश्यक भएको भन्दै त्यसका लागि राज्यले वातावरण सिर्जना गर्नु पर्ने बताइन् । यस्तै, उनले विज्ञ मानिसको अभावका कारण नै देश यो अवस्थामा पुगेको भन्दै अबको राजनीति विज्ञहरूले गर्ने राजनीति हुनु पर्ने बताइन् ।

विवादका बीच प्रदीप गिरिको अस्तु विसर्जन गर्न काशी लगियो शनिबार, भदौ २, २०८० कांग्रेसका केन्द्रीय समिति सदस्य गुरु बरालको नेतृत्वमा ३५ जनाको टोली अस्तु विसर्जन यात्रामा सहभागी भएको छ । काठमाडौंदेखि काशीसम्मको यात्रा टोलीलाई कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले पशुपति क्षेत्रमा आयोजित एक कार्यक्रमका बीच बिदाइ गरे ।

काठमाडौं वसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ नामक फोटो प्रदर्शनी शनिबार, भदौ २, २०८० प्रदर्शनीमा बालबालिकाका गौरवगाथाहरूलाई चित्रण गर्ने खालका ६० भन्दा बढी तस्बिरहरू समावेश गरिएका छन् । बालबालिकाहरूमा खुसीयाली ल्याउन प्रर्दशनी आयोजना गरिएको एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।









