News Griha :: न्यूजगृह
आगामी चुनावपछि रास्वपाको सरकार बन्छ : तोसिमा कार्की

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पपा)की सांसद तोसिमा कार्कीले राज्यले ०.१६ प्रतिशत मात्रै बजेट युवाहरूको हकमा छुट्याएको बताएकी छन् ।

ललितपुरमा आयोजित कार्यक्रममा सांसद कार्कीले युवाहरूलाई देशभित्रै राख्न आवश्यक भएको भन्दै त्यसका लागि राज्यले वातावरण सिर्जना गर्नु पर्ने बताइन् ।

यस्तै, उनले विज्ञ मानिसको अभावका कारण नै देश यो अवस्थामा पुगेको भन्दै अबको राजनीति विज्ञहरूले गर्ने राजनीति हुनु पर्ने बताइन् ।

‘विज्ञ मानिसको अभावका कारण नै देश आजको अवस्थामा पुगेको छ, स्वास्थ्य घर घरमा पुग्न सकेको छैन्, गुणस्तरीय शिक्षा हासिल गर्न सकेको छैन्, त्यसकारण अबको राजनीति भनेको विज्ञहरूले गर्ने राजनीति हुनुपर्छ,’ उनले भनिन् ।

उनले रास्वपाले देखेको सपना साकार गर्न रास्वपाको सरकार हुनु आवश्यक भएको बताइन् । उनले अहिलेको जस्तै साथ र सहयोग भए २०८४ सालमा सपना पूरा हुने बताइन् ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १५:३६
Weather Update