कर्णालीमा बीमाबाट १८१ जनाका परिवारले पाए रकम शनिबार, भदौ २, २०८०

संसदमा उठेका विषय सरकारले नजरअन्दाज गर्न मिल्दैन : सचेतक बर्तौला शनिबार, भदौ २, २०८० प्रतिपक्षी दलले उठाएका मागमा सरकार जिम्मेवार र जवाफदेही हुनु पर्ने तर सरकार संविधान र संसदीय मूल्य मान्यताविपरीत अगाडि बढेकाले संसद् अवरोध हुन पुगेको उनको भनाइ थियो ।

पहिरोले अवरुद्ध चामे सडक पुनः सञ्चालन शनिबार, भदौ २, २०८० चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर पुरुषोत्तम अधिकारीले भने, ‘केही दिनअघिको वर्षाका कारण पहिरो आएको थियो, ढुंगा माटो हटाएर सडक पुनः सञ्चालनमा ल्याएका छौँ ।’

जनमत पार्टीमा प्रदेश सभा सदस्यको मूल्यांकन जारी शनिबार, भदौ २, २०८० जनमत पार्टीबाट निर्वाचित १६ प्रदेश सभा सदस्यकै निर्वाचन क्षेत्रमा मतदानमार्फत अनुमोदन मूल्यांकन भइरहेको पार्टीका सचिव विपी साहले जानकारी दिए । उनका अनुसार प्रत्यक्ष तथा समानुपातिकसहित सबै प्रदेश सभा सदस्यको क्षेत्रमा शनिबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।

सरकारले चालेको कदममा विश्राम हुँदैन : गृहमन्त्री श्रेष्ठ शनिबार, भदौ २, २०८० राज्यको व्यावसायिक, पेसागत रुपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रहरूले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उनको भनाइ थियो । पोखरामा आयोजना पत्रकार भेटघाटमा गृहमन्त्री श्रेष्ठले सुन काण्डको सीआईबीले अनुसन्धानको प्रक्रिया अघि बढाउँदा दोषीहरू पत्ता लाग्ने र उनीहरूलाई कानुनको दायरामा ल्याउन सकिने स्पष्ट पारे...

जथाभावी डोजर चलाउँदा मुगुका १५० बस्ती पहिरोको उच्च जोखिममा शनिबार, भदौ २, २०८० यसैको कारण मुगुमा एक सय ५० भन्दा बढी बस्तीहरू पहिरोको उच्च जोखिममा परेका छन् । चार स्थानीय तह भएको मुगुमा एक सय ५० बस्ती पहिरोको उच्च जोखिममा परेको हो । यी उच्च जोखिममा रहेका बस्तीमा बस्दै आएका हजारौँ नागरिकहरू जोखिम मोलेर जीवन बिताउन बाध्य छन् ।

केपी ओली सरकारमा आएपछि अव्यवस्थित प्रणालीको प्रवेश भयो : अर्थमन्त्री शनिबार, भदौ २, २०८० मन्त्री महतले देखाउनका लागि अनावश्यक क्षेत्रमा बजेट छुट्याउने तर, समयमा नदिने र आवश्यक क्षेत्रलाई नसमेट्ने काम गरेको भन्दै एमालेको सरकार आएदेखि देशमा अव्यवस्थाको सिस्टम प्रवेश गरेको आरोप लगाए ।

भाइको हत्या आरोपमा दुई पक्राउ शनिबार, भदौ २, २०८० प्रहरीले परीक्षणका लागि शवलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । घटनास्थलमा प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरसमेत झिकाएर अनुसन्धान गरिएको थियो । अभियुक्तले रिसइवीका कारण सुन्दरको हत्या गरेको प्रहरीसमक्ष बयान दिइसकेका छन् । प्रहरी हिरासतमा रहेका दुवै अभियुक्तलाई कर्तव्य ज्यानको अभियोगमा कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको...

६१ वर्षीय प्रेमकुमारीको रहर : ६ सन्तान हुर्काएर ६ कक्षामा भर्ना शनिबार, भदौ २, २०८० नातिनातिना उमेरका सहपाठीसँग पढ्दा रमाइलो हुने गरेको उल्लेख गर्दै उनले भने, ‘बिहान खाना खाएर विद्यालय आएपछि कक्षामा पढ्दा समय बितेको थाहा हुँदैन, बालबच्चासँग रमाइलो गरी पढ्ने गरेकी छु ।’

प्रदीप गिरिले आफ्नो विमतिमा सम्झौता गर्नु भएन : नेता निधि शनिबार, भदौ २, २०८० नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रदिप गिरि आफ्नो विचार र सिद्धान्तमा कहिले सम्झौता नगर्ने व्यक्तित्व रहेको बताएका छन् । कांग्रेस नेता गिरिको पहिलो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले गिरि आफ्नो विचारमा सम्झौता नगर्ने व्यक्तित्व भएको बताउँदै एउटा परिभाषामा ढाल्न नमिल्ने अद्भूत पात्र भएको बताए ।

एक महिनामै १०८ जनामा डेंगु संक्रमण शनिबार, भदौ २, २०८० एक हजार १६४ जनाको परीक्षण गरिएकामा सो संख्यामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये सो संख्यामा संक्रमित भेटिएका हुन् ।
कांग्रेस मजबुत नभए प्रणालीमाथि नै प्रश्न उठ्छ : नेता सिंह शनिबार, भदौ २, २०८० उनले २०४६ को परिवर्तन आएकोमा खुसी नभएका तत्वहरू अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै कांग्रेस मजबुत भए मात्रै लोकतन्त्र बलियो हुने बताए । उनले पार्टीलाई विधिअनुसार चलाउन अघि बढ्नु पर्ने बताए ।

चीनको प्राकृतिक ग्यास उत्पादन ७.६ प्रतिशतले बढ्यो शनिबार, भदौ २, २०८० ब्युरोका अनुसार देशले गत महिना एक करोड ३१ लाख टन प्राकृतिक ग्यास आयात गरेको थियो । जनवरीदेखि जुलाईसम्म चीनको प्राकृतिक ग्यास उत्पादन वार्षिक रूपमा ५.७ प्रतिशतले बढेर १३४ अर्ब घनमिटर पुगेको छ ।









