संसदमा उठेका विषय सरकारले नजरअन्दाज गर्न मिल्दैन : सचेतक बर्तौला

लुम्बिनी— नेकपा एमाले सचेतक महेश बर्तौलाले संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने बताएका छन् ।
उनले संसद् अवरोधको कारक सरकार भएको आरोप लगाउँदै संसद् खुलाउने जिम्मेवारी र दायित्व पनि उनकै भएको बताए ।
रुपन्देहीमा शनिबार पत्रकारसँग सचेतक बर्तौलाले जनप्रतिनिधिले आफ्ना माग राख्दा प्रतिपक्षले संसद् अवरोध गर्यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको आरोप लगाए ।
प्रतिपक्षी दलले उठाएका मागमा सरकार जिम्मेवार र जवाफदेही हुनु पर्ने तर सरकार संविधान र संसदीय मूल्य मान्यताविपरीत अगाडि बढेकाले संसद् अवरोध हुन पुगेको उनको भनाइ थियो । ‘संसद् अवरोध खुलाउन सरकार नै जिम्मेवार हुनु पर्छ,’ उनले भने ।
प्रकाशित मिति: शनिबार, भदौ २, २०८० १४:३२













