
बागेश्वर बाबाले प्रधानमन्त्रीलाई भेट्दै शनिबार, भदौ २, २०८० भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ ले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने भएका छन् । बिहान ९ बजे प्रधानमन्त्रीलाई भेट्ने तय भएको छ । प्रधानमन्त्रीलाई भेटेपश्चात् उनी शास्वतधामतिर लाग्नेछन् । शाश्वत धाममा बागेश्वर बाबाले तीन दिन प्रवचन दिने कार्यक्रम रहेको छ ।उनलाई चौधरी ग्रुपले नेपाल ल्याएको हो ।...

आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता शनिबार, भदौ २, २०८० ‘आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता– २०८०’ तयार गरी शुक्रबार नेपाल पत्रकार महासङ्घ कास्की शाखालाई हस्तान्तरण गरिएको हो । कोसिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनले आचारसंहिता तयार गरेको हो।सरोकारवालाबीच विभिन्न चरणमा छलफलपछि आचारसंहिता तयार गरिएको कोसिसले जनाएको छ । सन् २०२१ मा कास्कीमा आत्महत्या दर बढी देखिएपछि कोसिसले कास्कीलाई कार्यक्षेत्र...

‘अपरेसन फोक्सट्रोट’ : शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा सातजना पक्राउ शनिबार, भदौ २, २०८० यसअघि यही प्रकरणमा सीआईबीले नक्कली भन्दै सक्कली डाक्टरलाई पक्राउ गरेको थियो । सक्कली डाक्टर पक्राउपछि सीआईबीको अनुसन्धानमाथि धेरैले प्रश्न उठाएका थिए । यही प्रकरणमा सीआईबीले प्रतिनिधि सभा सदस्य सुनिल शर्मालाई पनि पक्राउ गरेको थियो । तर उनी अदालतको आदेशले थुना बाहिर छन् ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर शनिबार, भदौ २, २०८० जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९४ पैसा र बिक्री दर १६९ रुपैयाँ ७१ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ २५ पैसा र बिक्री दर १४४ रुपैयाँ ९० पैसा रहेको छ ।

‘मिस युनिभर्स नेपाल २०२३’ को ग्राण्ड फिनालेमा २२ युवतीबीच अन्तिम प्रतिष्पर्धा हुने शनिबार, भदौ २, २०८० शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि निर्देशक नग्मा श्रेष्ठले उक्त जानकारी दिएकी हुन् । कार्यक्रममा २२ जना प्रतिस्पर्धीहरू रातो कार्पेटमा हिँडेका थिए । उनीहरूले आफ्नो परिचय मिडिया र उपस्थित पाहुनाहरूलाई दिँदै रातो कार्पेटमा क्याटवाक गरे ।

प्रस्तावित शिक्षा ऐनले समस्या सुल्झदैन, सरोकारवालासँग छलफल नगरी ल्याइयो : महामन्त्री शर्मा शनिबार, भदौ २, २०८० नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावित सार्वजनिक विद्यालय शिक्षा ऐन, २०८० अपुरो रहेकाले विद्यमान शैक्षिक समस्या नसुल्झने बताएका छन् ।

शनिबार यी राशि हुनेलाई लाभैलाभ शनिबार, भदौ २, २०८० भदौ २ गते शनिबार । साउन शुक्ल तृतिया तिथि । पञ्चाङ्ग सिद्ध तैतल उत्तर । वराह जयन्ती । यस्तो दिनमा तपाईंको राशिफल हेर्नुस् ।

पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक शनिबार, भदौ २, २०८० दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

नेचर गाइड एसोसिएसनमा गुरुङ निर्वाचित शनिबार, भदौ २, २०८० चितवन राष्ट्रिय निकुञ्जलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएका नेचर गाइडको एसोसिएसनको शुक्रबार सौराहामा भएको २३औँ वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । एसोसिएसनको अध्यक्ष पदका लागि चार जनाबीच प्रतिष्पर्धा भएको थियो । गणेश अर्याल, रामचन्द्र सापकोटा र योगप्रसाद लामिछानेलाई पछि पार्दै गुरुङ निर्वाचित भएका हुन् ।

एक महिने विशेष प्रशिक्षणका लागि कबड्डी टोली भारत जाँदै शनिबार, भदौ २, २०८० प्रशिक्षकमा पार्वती राई र विष्णु दत्त भट्ट तथा व्यवस्थापकमा कृष्णदेव पन्त छन् । टोली भारतको हरियानास्थित गुरुकुल एकेडेमीमा ३० दिनसम्म प्रशिक्षणमा रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाए । त्यस अवधिमा टोलीले ७ म्याच पनि खेल्ने र दिल्लीको साइ सेन्टरमा केही दिनका लागि प्रशिक्षणको व्यवस्था मिलाउन प्रयास भइरहेको...

यस्तो रहनेछ शनिबारको मौसम शनिबार, भदौ २, २०८० जसको प्रभावले हाल मधेस प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको...

भरतपुर अस्पतालमा चार सय शय्या निःशुल्क शनिबार, भदौ २, २०८० स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार अस्पतालले शुक्रबारदेखि शय्या निःशुल्क उपलब्ध गराएको हो । अस्पतालका प्रवक्ता बरिष्ठ फिजिसियन डा. गोविन्द कँडेलले बिहीबार एक विज्ञप्ति जारी गरी अस्पतालले निःशुल्क शय्या उपलब्ध गराउन सुरु गरेको जानकारी दिए ।









