पद्मश्री पुरस्कारका लागि उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक

काठमाडौं— पद्मश्री साहित्यिक पुरस्कार, २०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ ।
दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।
उत्कृष्ट पाँच पुस्तकहरूमा सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐंठन, डा. देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य छन् ।
पुरस्कारका लागि १८० पुस्तक प्रतिष्ठानमा दर्ता भएका थिए । अब यी पाँच मध्येबाट उत्कृष्ट एक पुस्तकले पद्मश्री पुरस्कार पाउनेछ । यो पुरस्कार २०६३ सालदेखि प्रदान गर्न थालिएको हो ।
यो पनि पढ्नुहोस
मदन पुरस्कारका लागि छानियो पाँच कृति
प्रकाशित मिति: शनिबार, भदौ २, २०८० ०६:४४