News Griha :: न्यूजगृह
मदन पुरस्कारका लागि छानियो पाँच कृति

काठमाडौं— नेपालको प्रतिष्ठित पुरस्कार मदन पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच कृति छानिएको छ । मदन पुरस्कार गुठीले ३१३ कृतिबाट उत्कृष्ट पाँच छानेको हो ।

छानिएका कृतिमा प्रगति राईको थाङग्रा, सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकलाल ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत र सञ्जय विष्टको माटाको घर रहेको छ ।

यीमध्ये एक कृतिले मदन पुरस्कार २०७९ पाउने छ ।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०९:२६
Weather Update