News Griha :: न्यूजगृह
‘मिस युनिभर्स नेपाल २०२३’ को ग्राण्ड फिनालेमा २२ युवतीबीच अन्तिम प्रतिष्पर्धा हुने 

काठमाडौं— भदौ २३ गते ललितपुरमा हुन लागेको ‘मिस युनिभर्स नेपाल २०२३’ का लागि अन्तिम प्रतिस्पर्धामा २२ जना युवतीहरूले प्रतिस्पर्धा गर्ने भएका छन् ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि निर्देशक नग्मा श्रेष्ठले उक्त जानकारी दिएकी हुन् । कार्यक्रममा २२ जना प्रतिस्पर्धीहरू रातो कार्पेटमा हिँडेका थिए । उनीहरूले आफ्नो परिचय मिडिया र उपस्थित पाहुनाहरूलाई दिँदै रातो कार्पेटमा क्याटवाक गरे ।

निर्देशक नग्मा श्रेष्ठले मिस युनिभर्स नेपाल २०२३’ को ग्राण्डफिनाले भदौ २३ गते ललितपुरको गोदावरी कन्भेन्सन सेन्टरमा हुने जानकारी दिइन् । 
उनले यस वर्षको मिस युनिभर्स नेपाले नवीनतालाई अँगाल्ने विश्वास 
व्यक्त गरिन् । 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ०७:३६
Weather Update