News Griha :: न्यूजगृह
धार्मिक गुरु बागेश्वर बाबाले आजदेखि हनुमान कथा प्रवचन गर्दै, दैनिक ११ हजार बढी श्रवण गर्न सक्ने 

नवलपरासी— दुम्कौलीस्थित शास्वतधाममा शनिबारदेखि विराट हनुमान कथा प्रवचन सुरु हुँदै छ । भारतका चर्चित धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वरबाबा)लेशास्वतधाममा तीन दिनसम्म हनुमान कथा प्रवचन गर्नुहुने चौधरी ग्रुपका प्रबन्धक रामचन्द्र धितालले बताए । 

बागेश्वर बाबाको नामले चर्चित धीरेन्द्र कृष्ण शास्त्री बिहान काठमाडौंबाट भरतपुर विमानस्थल हुँदै दुम्कौलीस्थित शास्वतधाममा पुग्नेछन् ।  त्यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने छन्  ।

शास्वतधाममा सोमबारसम्म दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म बागेश्वर बाबाले कथा वाचन गर्नेछन्  । हनुमान कथा प्रवचनका लागि अवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । तीन दिनसम्म दैनिक करिब ११ हजारभन्दा धेरैले कथा सुन्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । शास्त्रीको कथा सुन्नका लागि शास्वतधाममा प्रवेशका लागि अनलाइन पासको व्यवस्था गरिएको छ ।
शास्वतधामस्थल क्षेत्रमा आवश्यक सबै सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए ।

चौधरी ग्रुपले निर्माण गरेको शास्वतधाम मन्दिरमा हुने धार्मिक सभामा उपस्थित हुन बागेश्वरबाबा पहिलोपटक नेपाल आएका हुन् ।  शास्वतधामहिन्दू धर्मका सबै देवीदेवताको एकै थलोमा पूजा गर्न सकिने मन्दिरका रुपमा चर्चित छ । 

शास्वतधामवास्तुशास्त्र अनुसार निर्माण गरिएको रमणीय र आकर्षक शैलीको हिन्दु मन्दिर हो । त्यहाँ संस्कृत गुरुकुल समेत सञ्चालन गरी कक्षा ६ देखि ८ सम्म पढाइ हुँदै आएको छ । शास्त्री सोमबारसम्म चितवनको मेघौलीस्थित होटल ताज सेराइमा रहने छन् ।  उनी मंगलबार काठमाडौं आएर सोही दिन दिल्ली जाने छन् । 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ०८:३३
Weather Update