News Griha :: न्यूजगृह
साल्पासिलिछोमा आयातित खादा र ब्याचको प्रयोगमा प्रतिबन्ध
साल्पासिलिछोमा आयातित खादा र ब्याचको प्रयोगमा प्रतिबन्ध भोजपुरको साल्पासिलिछो गाउँपालिकाले सार्वजनिक कार्यक्रममा आयातित सामग्रीको प्रयोगमा रोक लगाएको छ । अतिथि सत्कारका लागि प्रयोग हुने खादा, ब्याच, मालालगायतका आयातित सामग्रीले अनावश्यक खर्च बढेको भन्दै गाउँपालिकाले यसमा रोक लगाएको हो । 
करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने
करोडमाथिको कारोबारमा मासिक र सोभन्दा कममा चौमासिक भ्याट विवरण बुझाउनुपर्ने नयाँ व्यवस्थाअनुसार वार्षिक एक करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोडभन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिकरूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ ।
माछा मार्ने क्रममा त्रिशूलीमा युवक बेपत्ता
माछा मार्ने क्रममा त्रिशूलीमा युवक बेपत्ता झुल थापेर माछा मार्ने क्रममा त्रिशूली नदीमा एक जना बेपत्ता भएका छन् ।धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ आदामाराका १८ वर्षीय निखिल कँडेल बेपत्ता भएका हुन् ।साथीहरूसँग माछा मार्न गएका कँडेल माछा समाउने क्रममा नदीमा डुबेका हुन् । कँडेलसँग अन्य तीन जना पनि थिए ।
सशस्त्रका एसपी थपलियाको निधन
सशस्त्रका एसपी थपलियाको निधन पर्सामा कार्यरत सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ।उनको हृदयघात भएर शनिबार मृत्यु भएको हो । सशस्त्र प्रहरीका अनुसार उनी शनिबार बिहान ११ बजे साइक्लिङ गरेर कार्यालयमा पुगेका थिए ।
सत्ता गठबन्धन संविधानको रक्षाका लागि हो  : उपप्रधानमन्त्री खड्का
सत्ता गठबन्धन संविधानको रक्षाका लागि हो  : उपप्रधानमन्त्री खड्का उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले  चुनावका लागि नभई संविधान रक्षाका लागि गठबन्धन गरिएको बताएका छन् ।रूपन्देहीमा शनिबार आयोजित एक कार्यक्रममा उनले जनताको अधिकारलाई हातमा लिने तत्कालीन सरकार प्रमुखको नियत रोक्नका लागि गठबन्धन गरिएको स्पष्ट पारे । 
न्यायिक समितिद्वारा एक वर्षमा ४६ मुद्दा फछर्यौट 
न्यायिक समितिद्वारा एक वर्षमा ४६ मुद्दा फछर्यौट  वीरगन्ज महानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा ४६ वटा मुद्दाको किनारा लगाएको छ ।महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठित समितिले  आर्थिक वर्ष २०७९/८० मा अघिल्लो आर्थिक वर्षबाट सरेर आएको ४५ वटा र आव २०७९/८० मा दर्ता भएको मध्ये एउटा गरी कुल ४६ वटा मुद्दा फछर्यौट गरेको हो ।
मुग्लिन पुलमा झुन्डिएका व्यक्तिको सकुशल उद्धार
मुग्लिन पुलमा झुन्डिएका व्यक्तिको सकुशल उद्धार चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । शनिबार बिहान धादिङको नीलकण्ठ नगरपालिका—६ का ४५ वर्षका कृष्ण परियार पुलमा झुन्डिएका थिए ।
सामुदायिक विद्युतीकरणलाई थप विस्तार गर्छौँ : मन्त्री बस्नेत
सामुदायिक विद्युतीकरणलाई थप विस्तार गर्छौँ : मन्त्री बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई थप व्यवस्थित गर्न तयार रहेको बताएका छन् । ललितपुरमा शनिबार आयोजित कार्यक्रममा उनले जनतालाई विकास अभियानको साझेदार बनाउने पद्धतिलाई थप विस्तार गरिने विश्वास दिलाए ।
खर्कमै पुगेर बालबालिकालाई खोप
खर्कमै पुगेर बालबालिकालाई खोप सिमकोटमा रहेको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले खर्कमा रहेका बालबालिकाका लागि घुम्ती खोप शिविर अभियान सञ्चालन गरेको छ  । भने खर्कमा रहेका अन्य बिरामीको उपचार गरेको छ । स्वास्थ्यकर्मीले करिब तीन हजार पाँच सयदेखि चार हजार मिटर अग्लो पाटनमै पुगेर बालबालिकाका लागि खोप कार्यक्रम सञ्चालन गरेको हो । हुम्लामा वर्षाको समयमा...
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक भोलिदेखि
एकीकृत समाजवादीको पोलिटब्युरो बैठक भोलिदेखि शनिबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने निर्णय गरेको हो । त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
सर्वोच्चले तोकेरै पूर्वप्रधानमन्त्रीलाई छानबिन गर्न भनेको छैन : प्रवक्ता खतिवडा
सर्वोच्चले तोकेरै पूर्वप्रधानमन्त्रीलाई छानबिन गर्न भनेको छैन : प्रवक्ता खतिवडा ‘पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्नु भनेर सर्वोच्चले तोकेर भनेको मलाई थाहा छैन, छानबिन गर्न आवश्यक पर्ने कसैलाई नछोड्नु भन्ने आशयमा उसले आफ्नो आदेश दिए जस्तो लाग्छ,’ उनले भने, ‘छानबिन गर्न आवश्यक पर्नेहरूलाई उसले (सीआईबी)ले बोलाउँछ, आवश्यक नपर्नेहरूलाई बोलाउँदैन ।’
रूस र युक्रेनबीच साढे दुई हजार कैदी आदानप्रदान
रूस र युक्रेनबीच साढे दुई हजार कैदी आदानप्रदान युसोभका अनुसार जेनेभा कन्भेन्सनले शत्रुताको सक्रिय चरणमा प्रत्यक्ष रूपमा आदानप्रदानको व्यवस्था गर्दैन र यसले शत्रुताको अन्त्यपछि युद्धबन्दीहरूको फिर्तीको व्यवस्था गर्दछ । दुई देशबीच थप कैदी आदानप्रदानको तयारी भइरहेको उनले बताए ।
Weather Update