एकीकृत समाजवादीको पोलिटब्युरो बैठक भोलिदेखि

काठमाडौं— नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबारदेखि सुरु हुने भएको छ ।
शनिबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने निर्णय गरेको हो । त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा छलफल हुने छ । नेकपा एकीकृत समाजवादीले आगामी माघमा राष्ट्रिय महाधिवेशनको तयारी गरेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २, २०८० १८:३७














