News Griha :: न्यूजगृह
कांग्रेस मजबुत नभए प्रणालीमाथि नै प्रश्न उठ्छ : नेता सिंह

काठमाडौं— नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली संकटमा पर्ने बताए । शनिबार काठमाडौं प्रतिनिधि सभा-१ क्षेत्रीय सम्मेलनमा बोल्दै उनले यस्तो बताए ।

उनले २०४६ को परिवर्तन आएकोमा खुसी नभएका तत्वहरू अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै कांग्रेस मजबुत भए मात्रै लोकतन्त्र बलियो हुने बताए । उनले पार्टीलाई विधिअनुसार चलाउन अघि बढ्नु पर्ने बताए । 

नेता सिंहले कांग्रेसको संगठन राम्रो र बलियो बनाउँदै राजनीतिक हिसाबले दिन सक्ने सकारात्मक म्यासेज नागरिकहरूमा बाँड्नु पर्ने बताए ।

‘अब, त जमाना कस्तो भइसक्यो भने कांग्रेसको संगठनमा कांग्रेस भएर मात्रै पुग्दैन, कांग्रेसको संगठन पनि राम्रो हुनुपर्छ, राजनीतिक हिसाबले दिनसक्ने सकारात्मक म्यासेज दिनुपर्छ,’ उनले भने ।

नेता सिंहले कांग्रेस अहिले पनि कमजोर नरहेको जिकीर गरे । उनले कांग्रेसमा केही सुधार गर्नु पर्ने अवस्था आएको भन्दै समयको मागअनुसार सुधार गरेर पार्टी अघि बढ्ने बताए ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १२:२१
Weather Update