प्रदीप गिरिले आफ्नो विमतिमा सम्झौता गर्नु भएन : नेता निधि

काठमाडौं— नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रदिप गिरि आफ्नो विचार र सिद्धान्तमा कहिले सम्झौता नगर्ने व्यक्तित्व रहेको बताएका छन् ।
कांग्रेस नेता गिरिको पहिलो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले गिरि आफ्नो विचारमा सम्झौता नगर्ने व्यक्तित्व भएको बताउँदै एउटा परिभाषामा ढाल्न नमिल्ने अद्भूत पात्र भएको बताए ।
‘उहाँ आफ्नो विमतिबाट कहिले सम्झौता गर्नु भएन्, मैले चाहिँ कहिलेकाही सम्झौता गरेँ, मेरो र उहाँको फरक यही हो,’ उनले भने, ‘उहाँलाई एउटा परिभाषा र साँचामा ढाल्न नमिल्ने अद्भूत पात्र हुनु हुन्थ्यो ।’
उनले गिरि जातीय, भाषिक, वर्ग र आर्थिक सबै किसिमको विभेदको विरोधी हुनुको साथै समाजवादी, कल्याणकारी, लोकतन्त्रवादी र स्वतन्त्रतावादीको पक्षधर भएको बताए ।
प्रकाशित मिति: शनिबार, भदौ २, २०८० १२:४५













