
काठमाडौं— अर्थमन्त्री प्रकाशशरण महतले नेकपा एमालेको सरकार आएदेखि देशमा अव्यवस्थित प्रणालीको प्रवेश भएको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री महतले एमाले अध्यक्ष केपी ओलीले देखाउनका लागि अनाश्यक क्षेत्रमा बजेट छुट्याउँदा देशमा समस्या थपिएको बताए ।
मन्त्री महतले देखाउनका लागि अनावश्यक क्षेत्रमा बजेट छुट्याउने तर, समयमा नदिने र आवश्यक क्षेत्रलाई नसमेट्ने काम गरेको भन्दै एमालेको सरकार आएदेखि देशमा अव्यवस्थाको सिस्टम प्रवेश गरेको आरोप लगाए ।
‘ओलीको सरकार आएदेखि नै धेरै अव्यवस्था हाम्रो सिस्टममा प्रवेश भयो, आवश्यकता नभएको टावर अर्बौंको बनायो,’ उनले भने, ‘त्यसको कुरालाई प्राथमिकतामा राखेर अर्को वर्ष दिउँला ठेक्कामा लगाउँ भन्ने, यो कुरालाई अनुशासनमा ल्याउन खोजेको हुँ ।’
मन्त्री महतले सामाजिक सञ्जालबाट एक अर्कालाई गाली गरेर लोकप्रियतापछि दौडिने जस्ता काम बन्द गर्न सके कांग्रेसलाई एक्लै बहुमत ल्याउने पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताए ।













