News Griha :: न्यूजगृह
जसले जलहरी हाल्छ, उसले दुनियाँलाई उपदेश दिन्छ : घनश्याम भुसाल

काठमाडौं— नेकपा एकीकृत समाजवादी महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिबारे टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको कम्युनिष्ट पार्टीहरूको इतिहासबारे ओलीले दिने अभिव्यक्ति विभत्स, डर लाग्दो र घृणास्पद लाग्ने गरेको बताए ।

महासचिव भुसालले ओलीले मिल्दा तत्कालीन माओवादी सशस्त्र विद्रोहलाई महान भन्ने र नमिल्दा आतंककारी भन्ने गरेको सुन्दा आफूलाई चित्त दुख्ने गरेको जिकीर गरे ।

‘जतिखेर मिलिन्छ, त्यतिखेर यो महान कुरा थियो भन्ने, जतिखेर मिलिँदैन, त्यतिखेर चाहिँ यो हत्यारा, आतंककारी आदि, इत्यादि भन्ने त्यो राजनीतिमा इतिहास चेतको यो विभत्स, डरलाग्दो यो असाध्य घृणास्पद भन्छु म चाहिँ,’ उनले भने ।

उनले ओलीको कम्युनिष्ट चेत गलत भएकाले पशुपतिनाथमा सुनको जलहरी चढाउने काम गरेकोमा असन्तुष्टि व्यक्त गरे । ‘जसले जलहरी हाल्छ, दुनियाँलाई उपदेश दिन्छ, यो सबै कुरा गर्छ, मलाई एकदम उखुम हुन्छ,’ उनले भने ।

महासचिव भुसालले नेपालको कम्युनिष्ट आन्दोलनमा झापा विद्रोहले जनतासँग असाधारण खालको सम्बन्ध विस्तार गरेको बताउँदै त्यसलाई टुट्न दिन नहुने बताए ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १७:०९
Weather Update