News Griha :: न्यूजगृह
एमाले नेता नेम्वाङले भने : संसद् अवरोध संविधानसम्मत छैन

धुलिखेल— नेकपा एमाले नेता सुवास नेम्वाङले संसद् अवरोध संविधान सम्मत र नियमसंगत नभएको बताएका छन् ।

संघीय संसद्वारा शनिबार आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ कार्यक्रममा उनले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद् अवरोध नियमसँग नभएको उल्लेख गरेका हुन् ।

एमाले संसदीय दलका उपनेता नेम्वाङले भने, ‘संसद् अवरोध नियमसंगत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिक रुपमा गरिने हुनाले यसको पुनः पुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो ।’

मुलुकमा पछिल्ला समय विमानस्थल बाहिर बरामद गरिएको सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्ने किन गर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नभएपछि संघीय संसद्का दुवै सदन अवरुद्ध हुँदै आएका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १६:०१
Weather Update