भदौ ५ गतेसम्म संसद बैठक स्थगित आइतबार, भदौ ३, २०८०

प्रधानमन्त्रीले बोलाएको बैठकमा जुटेन संसद खोल्ने सहमति, भोलि पुनः बस्ने आइतबार, भदौ ३, २०८० प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसहित राष्ट्रिय दलका शीर्ष नेता सहभागी बैठकमा संसद खोल्ने विषयमा छलफल भए पनि निष्कर्षविहीन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बताए ।

प्रणालीमाथि प्रश्न नउठोस् भन्ने हो : सांसद परियार आइतबार, भदौ ३, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदको जडताले प्रणालीमाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको बताएका छन् । सभामुखले बोलाएको प्रमुख सचेतक तथा सचेतकसँगको छलफलपछि पत्रकारसँग कुरा गर्दै उनले सत्ता पक्ष र प्रतिपक्ष दल सदन खुलाउने विषयमा गम्भीर नभएको आरोप लगाए ।

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ भोलि सक्ने संसदीय समितिको तयारी आइतबार, भदौ ३, २०८० आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध तीन वटा मात्रै उजुरी परेकाले उजुरीउपर उजुरीकर्ता र सिफारिस श्रेष्ठलाई बैठकमा बोलाएर छलफल गरी समितिको सुनुवाइ टुंग्याउने तयारी गरेको हो ।

संसदमा सुनिल शर्माले बोलेको 'सरकारले आतंककारीको नेतृत्व' शब्द रेकर्डबाट हटाउनु पर्दैन : कांग्रेस आइतबार, भदौ ३, २०८० उनले डा. शर्माले बोलेका शब्दहरू असंसदीय नभएको भन्दै संसद रेकर्डबाट हटाउनु नपर्ने पक्षमा कांग्रेस रहेको बताएकी हुन् । उनले नेकपा एमालेले पनि सांसद शर्माले राखेको अभिव्यक्ति असंसदीय नभएकाले हटाउनु नपर्ने बताएको बताएकी थिइन् ।

करेत सर्पले टोक्दा महिलाको मृत्यु आइतबार, भदौ ३, २०८० सर्पले टोकेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्याएलगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्यटक आकर्षित गर्न नारायणीमा डुंगा सफारी सुरु आइतबार, भदौ ३, २०८० होटेल, घरबास तथा पर्यटन व्यवसायी समितिको साँझा पहलमा यस क्षेत्रमा डुंगा सफारी सञ्चालन गर्न लागिएको हो । यसअघि होटेल, घरबास तथा पर्यटन व्यवसायी समितिको पहलमा देवचुलीको पिप्रहरबाट निकुञ्जको भित्री क्षेत्रमा करिब ५५ किलोमिटर लामो जंगल सफारी सुरु गरिएको छ ।

सभामुखले बोलाएको बैठक निष्कर्षविहीन : दलहरू आआफ्नै अडानमा आइतबार, भदौ ३, २०८० बैठकपछि सभामुख घिमिरेले आफूले चाँडै दलबीच सहमति खोजेर संसद खुलाउने बाटोमा लाग्न आग्रह गरेको जानकारी दिए । उनले आफूले संसद खुलाउन आवश्यक पहल गरिरहेको तर दलहरू जिम्मेवार नभएसम्म समस्या समाधान नहुने बताए ।

समस्या औँल्याउने होइन योजना दिने राजनीतिज्ञ चाहिएको छ : गगन थापा आइतबार, भदौ ३, २०८० नेपाल विद्यार्थी संघ झापाअन्तर्गत कनकाई र इन्द्रचन्द्र क्याम्पस इकाइ समितिले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले योजना दिने राजनीतिज्ञको आवश्यकबारे बोलेका हुन् ।

प्रधानमन्त्रीले बोलाएको शीर्ष नेताको बैठकमा गएनन् केपी ओली आइतबार, भदौ ३, २०८० सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूलाई सहभागी हुन आह्वान गरिएको थियो ।

रसुवामा २ केजी सुन बरामद, दुई पक्राउ आइतबार, भदौ ३, २०८० प्रहरीले रसुवाबाट २ केजी सुन सहित २ जनालाई पक्राउ गरेको । पक्राउ पर्नेमा २४ वर्षीय सुदीप शेर्पा छन् । टिमुरेबाट स्याफ्रुबेँसी गइरहेका शेर्पालाई शनिबार साँझ सुरक्षा जाँच गर्दा २ केजी सुन फेला परेको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख डीएसपी सुवास बुढाथोकीले बताए ।

प्रस्तावित प्रधानन्यायाधीशको भोलि संसदीय सुनुवाइ हुने आइतबार, भदौ ३, २०८० उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र उजुरी दिन समितिले गत साउन २४ गते सार्वजनिक उजुरी आह्वान गरेको थियो । उक्त आह्वानमा तीन वटा उजुरी परेको थियो ।

माधव नेपाल भाग्यो भनेर लेख्लान भन्ने लाग्यो : अध्यक्ष नेपाल आइतबार, भदौ ३, २०८० नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले आफू सबैसँग छलफल र परामर्श गरेपछि युरोप भ्रमणमा गएकाो बताएका छन् । आइबार पार्टीको पोलिटब्युरोको चौथोँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफू युरोप भ्रमण रद्ध गर्न खोजे पनि सबैसँग छलफल गरेपछि गएको दाबी गरेका हुन् ।









