नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, भदौ ५, २०८०

ललिता निवास प्रकरण : ८ सय पृष्ठको अनुसन्धान प्रतिवेदन, २७० बढी प्रतिवादी मंगलबार, भदौ ५, २०८० नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवासको सरकारी जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबी प्रवक्ता नवराज अधिकारीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जानकारी दिए ।

१५ वर्षपछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री थाक्सिनलाई सीधै अदालत लगियो मंगलबार, भदौ ५, २०८० आफूमाथि राजनीतिक रुपमा प्रेरित भएर विभिन्न आपराधिक मुद्दा लगाएपछि निर्वासनमा गएका नेता थाक्सिनलाई कमजोर बनाउन सैन्य विद्रोह र विवादास्पद अदालती मुद्दाको सहारा लिइएको थियो । उनलाई राजपरिवारले पनि तिरस्कार गरेपछि देशबाहिर जानु परेको थियो । उनीविरुद्ध दश वटा आपराधिक मुद्दा लगाइएका छन् । दुबईबाट सिङ्गापुर हुँदै निजी जेटमा स्थानीय समयअनुसार...

राष्ट्रिय सभाको बैठक सारियो मंगलबार, भदौ ५, २०८० संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले मंगलबार जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसक्ने भएको जनाएको छ । राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको सूचनामा उल्लेख छ ।

चीनसँग जोडिएको सडकमा पक्की पुल नहुँदा बन्द, ३५ बस्तीका स्थानीय जोखिम मोल्न बाध्य मंगलबार, भदौ ५, २०८० मुगुको छायानाथ रारा नगरपालिका-१ भई एउटा सडक चीनसँग जोडिएको छ । छिमेकी देश चीनसँग जोडिएको सडक गमगढी-नाक्चेलाग्नाको अल्का साँघु भन्ने स्थानको गमगाढ खोलामा पुल बन्न सकेको छैन ।

राष्ट्रपतिको शुभेच्छा सकारात्मक : प्रधानमन्त्री मंगलबार, भदौ ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बिहान आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले राजनीतिक दलहरूको बीचमा समझदारी निर्माणमा राष्ट्रपतिको शुभेच्छा सकारात्मक भएको बताएका हुन् । संसद सुरु गर्न दलहरू करिब सहमतिको नजिक पुगेको जनाउँदै उनले राष्ट्रपतिको शुभेच्छा प्रति आभार व्यक्त गरे ।

धनुषामा ‘लम्पी स्किन’ रोगविरुद्ध धमाधम खोप अभियान सुरु मंगलबार, भदौ ५, २०८० यसमध्ये प्रदेश सरकारबाट सात हजार ९९५ र सबै स्थानीय तहबाट २१ हजार चार सय मात्रा खोप प्राप्त भएको उनले बताए । जिल्लामा २९ हजार ४४६ गाई तथा गोरु र १३४ भैँसी तथा रागा लम्पी स्किनबाट संक्रमित भएका थिए । तीमध्ये ६८० गाई तथा गोरु मरेका थिए । जिल्लामा हाल रोग...

प्रहरी प्रशासनलाई मुद्दा हाल्ने मेयर हर्क साम्पाङको चेतावनी मंगलबार, भदौ ५, २०८० मेयर साम्पाङले आफूविरुद्ध अभद्र व्यवहार हुँदा सरकारका सम्बन्धित निकाय चुप लागेको भन्दै मुद्दा हाल्ने चेतावनी दिएका हुन् । केही दिनअघि उनीविरुद्ध स्थानीय एक महिलाले अभद्र व्यवहार गरी सामाजिक सञ्जालमा राखेका थिए ।
![दलहरूलाई राष्ट्रपतिले भने : मैले 'एक्टिभिज्म' देखाउन खोजेको होइन [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/Ramchandra Poudel And All party Meeting1692677493.jpg)
दलहरूलाई राष्ट्रपतिले भने : मैले 'एक्टिभिज्म' देखाउन खोजेको होइन [पूर्णपाठ] मंगलबार, भदौ ५, २०८० मंगलबार बिहान शीतल निवासमा आमन्त्रण गरेका पौडेलले लिखित धारणा राख्दै संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवद्धन गर्न संविधानले राष्ट्रपतिलाई दिएको अधिकार मात्र प्रयोग गरेको बताए ।

एमालेको दाबी : राष्ट्रपतिले बोलाएको बैठकबारे जानकारी छैन मंगलबार, भदौ ५, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूका लागि बोलाएको सर्वदलीय बैठकबारे जानकारी नभएको एमालेले जनाएको छ । यसैबीच संसदको अवरोध हटाउन प्रधानमन्त्रीको पहलमा दलहरू निरन्तर छलफलमा रहेको जनाउँदै राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको एमालेको बुझाइ छ ।

काठमाडौं महानगरले माग्यो संस्थागत विद्यालयको स्थान तथा स्वामित्व परिवर्तनका लागि आवेदन मंगलबार, भदौ ५, २०८० काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयसँग नाम, स्थान र स्वामित्व परिवर्तनका लागि ३५ दिनभित्र निवेदन दिन माग गरेको छ ।

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकलाई एमालेले गर्यो बहिष्कार मंगलबार, भदौ ५, २०८० साउन १० गतेदेखि अवरुद्ध हुँदै आएको संघीय सरकारको दुवै सदन खुलाउनेबारे छलफल गर्न राष्ट्रपति पौडेलले सबै राजनीतिक दलका शीर्ष नेतालाई बैठकको आह्वान गरेका थिए । संसद खुलाउनका लागि राष्ट्रपति पौडेल प्रधानमन्त्री र सभामुखसँग पटक पटक छलफल गर्दै आएका थिए । उनले प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय...

बाढीपहिरोबाट कहाँ–कहाँ भयो सडक अवरुद्ध ? मंगलबार, भदौ ५, २०८० सडक विभागले बाढीपहिरोका कारण ७ वटा राजमार्ग अवरुद्ध भएको जनाएको छ । तमोर करीडोरअन्तर्गतको चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारमा अवरुद्ध रहेको सडक विभागले मंगलबार बिहान जानकारी दिएको हो ।









