News Griha :: न्यूजगृह
राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकलाई एमालेले गर्‍यो बहिष्कार

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलको बोलाएको सर्वदलीय बैठकलाई नेकपा एमालेले बहिष्कार गरेको छ । बैठक राष्ट्रपतिको कार्यालय शीतल निवासमा जारी छ ।

साउन १० गतेदेखि अवरुद्ध हुँदै आएको संघीय सरकारको दुवै सदन खुलाउनेबारे छलफल गर्न राष्ट्रपति पौडेलले सबै राजनीतिक दलका शीर्ष नेतालाई बैठकको आह्वान गरेका थिए ।

संसद खुलाउनका लागि राष्ट्रपति पौडेल प्रधानमन्त्री र सभामुखसँग पटक पटक छलफल गर्दै आएका थिए । उनले प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग समेत छलफल गरेका थिए ।

विमानस्थलबाट भन्सार पास गरी बाहिरिएको ‘ब्रेक शु’सहित १५५ किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०९:५४
Weather Update