News Griha :: न्यूजगृह
चीनसँग जोडिएको सडकमा पक्की पुल नहुँदा बन्द, ३५ बस्तीका स्थानीय जोखिम मोल्न बाध्य

काठमाडौं— मुगुको छायानाथ रारा नगरपालिका-१ भई एउटा सडक चीनसँग जोडिएको छ ।

छिमेकी देश चीनसँग जोडिएको सडक गमगढी-नाक्चेलाग्नाको अल्का साँघु भन्ने स्थानको गमगाढ खोलामा पुल बन्न सकेको छैन ।

पुल बन्न नसक्दा वर्षातको समयमा दुई देशबीच जोडिएको बाटो पूर्ण रुपमा ठप्प हुँदै आएको छ । यस्तै, स्थानीयहरू जोखिम मोलेर खोला तर्नु पर्ने बाध्याता रहेको छ ।

खोलामा पक्की पुल नहुँदा मुगुम कार्मरोङ्ग गाँउपालिका-१६ र नगरपालिकाको १९ गरी ३५ वटा बस्तीका स्थानीय जोखिम मोलेर जिल्ला सदरमुकाम गमगढी आउजाउ गर्दै आएका छन् ।

उनीहरूले गमगाढ खोलामा बनेको काठको पुल तरेर नदी तर्दै आउजाउ गर्न बाध्य भएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ११:२७
Weather Update