केपी ओली पक्राउ पर्दैछन् : नेता चौधरी मंगलबार, भदौ ५, २०८०

प्रदेश शिक्षा सम्बद्ध मन्त्रालय, स्थानीय तह र इकाईलाई केन्द्रले पठायो यस्तो पत्र मंगलबार, भदौ ५, २०८० केन्द्रले डेंगु संक्रमण र आँखा पाक्ने रोगसम्बन्धी सतर्कता अपनाउन आग्रह गरेको हो ।

श्रीलङ्कामा खडेरीले ४७ हजार हेक्टरमा लगाइएको धान नष्ट मंगलबार, भदौ ५, २०८० श्रीलंकामा खडेरीका कारण ४७ हजार एकडभन्दा बढी धान खेती नष्ट भएको छ । कृषिमन्त्री महिन्दा अमरावीराले धानका विरुवा खेतमा नष्ट भएका बताउँदै देशमा चामलको पर्याप्त मौज्दात रहेकाले स्थानीय बजारमा चामलको अभाव नहुने बताए ।

अस्थायी शाखा अधिकृत बनेका श्रेष्ठको यात्रा सर्वोच्च अदालतको सर्वोच्च पदसम्म मंगलबार, भदौ ५, २०८० सुनुवाइका क्रममा श्रेष्ठले समितिसमक्ष १८ पृष्ठ लामो कार्य योजना प्रस्तुत गरेका थिए । कार्य योजनामा न्यायपालिकामा हुन सक्ने विकृति, विसङ्गति, अनियमितता लगायतका अवाञ्छित गतिविधिको नियन्त्रणसम्बन्धी कार्यलाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्ने प्रमुख रुपमा रहेको थियो ।

विद्यार्थीसँग कुनै शुल्क लिए कारबाही गर्ने महानगरको चेतावनी मंगलबार, भदौ ५, २०८० विभागले भदौ १ गते पत्र पठाएर कक्षा ११ र १२ सञ्चालन गरिरहेका निजी (संस्थागत) विद्यालयका सञ्चालनकलाई बोलाएर कुनै छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीलाई भर्ना नलिएमा, शुल्क लिएमा वा मानसिक यातना दिए कारबाही गर्ने जनाउ दिइसकेको छ ।

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ मंगलबार, भदौ ५, २०८० समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कानुन मन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुखहरू, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिती थियो ।

शीर्ष नेताहरूको साक्षी बस्नु बदनाम हुनु मात्रै हो : रवि लामिछाने मंगलबार, भदौ ५, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम मात्रै हुने टिप्पणी गरेका छन् । मंगलबार बोलाइएको सर्वदलीय बैठकमा सहभागी भएका उनले शीर्ष नेताहरूको कार्य शैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै अब बैठकमा सहभागी नहुने संकेत गरे ।
जनताको बहुदलीय जनवादले संसद अवरोध गर्नु भन्छ ? : वामदेव गौतम मंगलबार, भदौ ५, २०८० राष्ट्रिय सभा सदस्य वामदेव गौतमले बिना कारण संसद अवरुद्ध गर्न नहुने बताएका छन् । नेकपा एमालेका पूर्वउपाध्यक्ष गौतमले एमालेप्रति लक्षित गर्दै जनताको संसद अवरुद्ध गर्न नपाइने बताएका हुन् । संसद सञ्चालन भइरहँदा बीचमा उठेर कसैले बोल्न नपाइने बताउँदै उनले साना कुरामा संसद अवरुद्ध गर्ने कस्तो संस्कार हो ? भन्दै प्रश्न...

‘सत्तापक्ष हुँदा संसदमाथि खड्ग प्रहार गर्ने, प्रतिपक्षमा हुँदा अवरोध गर्ने’ मंगलबार, भदौ ५, २०८० मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद मगरले प्रतिपक्षले संसद बैठक नियतवश र सुनियोजित रुपमा गरिररहेको दाबी गरे । उनले संसदलाई जनताको समस्यामा केन्द्रित हुन नदिन र ऐन, कानुनहरू निर्माण गर्न नदिन अवरोध गरिएको बताए ।

समय अभाव भएपछि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सर्यो मंगलबार, भदौ ५, २०८० समय अभाव भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न आवश्यक कार्यविधि बनाउन बसेको कार्यदलको बैठकपछि एमाले संसदीय दलका नेता सुवास नेम्बाङले समय अभावले बैठक बस्न नसकेको जानकारी दिए...

साताको तेस्रो दिन दोहोरो अंकले बढ्यो नेप्से मंगलबार, भदौ ५, २०८० कूल २७७ कम्पनीका ६० लाख ३१ हजार ३५६ कित्ता शेयर ३४ हजार ५०८ पटक खरिदबिक्री हुँदा एक अर्ब ३३ करोड २५ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार १८१ कम्पनीको शेयर मूल्य बढ्दा ४२ कम्पनीको शेयर मूल्य घटेको छ ।

१२ सय फिट उचाईको तुइनमा आठ जना अड्किएपछि... मंगलबार, भदौ ५, २०८० एउटा डोरीमा अड्किएको तुइनमा छ जना बालबालिकासहित दुई जना वयस्क रहेका प्रान्तीय उद्धार तथा खोज केन्द्रले पुष्टि गरेको छ । हेलिकप्टरबाहेक कुनै पनि माध्यमबाट उनीहरूको उद्धार हुन नसक्ने विषय परिस्थिति उत्पन्न भएको जनाउँदै एक जना सुरक्षा अधिकारीले पाकिस्तानी सेनासमक्ष अनुरोध गरिएको बताएका छन् । स्थानीय टेलिभिजनले प्रसारण गरेको दृश्यमा सैनिक...

संसद बैठक स्थगित, अर्को बैठक ६ गते बस्ने मंगलबार, भदौ ५, २०८० बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सारिएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए । अर्को बैठक भदौ ६ गते बुधबार दिउँसो ३ बजे बस्ने गरी निर्धारण गरिएको छ ।









