News Griha :: न्यूजगृह
प्रदेश शिक्षा सम्बद्ध मन्त्रालय, स्थानीय तह र इकाईलाई केन्द्रले पठायो यस्तो पत्र 

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रको योजना अनुगमन शाखाले ७ वटै प्रदेशका शिक्षा हेर्ने मन्त्रालय, ७५३ वटै स्थानीय तह र ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई स्वास्थ्यसम्बन्धी मंगलबार पत्र पठाउँदै विद्यालयमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

केन्द्रले डेंगु संक्रमण र आँखा पाक्ने रोगसम्बन्धी सतर्कता अपनाउन आग्रह गरेको हो ।

विद्यार्थी, शिक्षक र कर्मचारीहरूको स्वास्थ्य सुनिश्चित गर्दै पठनपाठनमा निरन्तरता दिने वातावरण बनाउन मन्त्रालय, स्थानीय तह र इकाईलाई केन्द्रबाट जारी गरिएको पत्रमा उल्लेख ।

शिक्षा समूहका सदस्य संस्थाहरू र सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पनि सोसम्बन्धी केन्द्रले ध्यानाकर्षण गराएको छ ।

हेर्नुस् पत्र

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १८:००
Weather Update