महिला टी-२० मा हङकङमाथि नेपालको सानदार जित मंगलबार, भदौ ५, २०८०

सरकार विद्युतबाट अर्थतन्त्रमा सुधार गर्ने सपना पूरा गर्न लागेको छ : प्रधानमन्त्री मंगलबार, भदौ ५, २०८० भरतपुर २२०–१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्दै उनले सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको बताए । यस्तै, भारत भ्रमणमा भारत सरकारसँग विद्युत खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको दाबी गरे ।

नारायणगढ-मुग्लिन सडक दुवै तर्फी सञ्चालन मंगलबार, भदौ ५, २०८० चितवनको इच्छाकामना-६ नाम्सीखोला पुलमा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको थियो । पहिरो हटाएसँगै सवारी साधन आआफ्नो गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नरायणगढ-मुग्लिन सडक खण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ ।

दुई वटा टावर निर्माणमा विवाद हुँदा १३ वर्ष अल्झिएको एक विशाल आयोजना ! मंगलबार, भदौ ५, २०८० चितवनको भरतपुर महानगर–११ आँपटारीमा रहेको नयाँ भरतपुर सबस्टेसनमा मनाङ–मर्स्याङदी करिडोरको बिजुली जोडिने छ । सो आयोजनाको लागत एक अर्ब ५२ करोड रहेको छ । यस्तै, हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको कूल लागत पाँच अर्ब ९४ करोड बराबर छ ।

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समितिको मस्यौदा तयार मंगलबार, भदौ ५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बोलाएको सर्वदलीय बैठकमा सरकार सो प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएको थियो । योसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेको कार्य दललाई त्यसको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो ।

महिला टी-२० आई सिरिजः नेपाललाई जितका लागि ८५ रनको लक्ष्य मंगलबार, भदौ ५, २०८० हङकङले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८४ रन बनाएको हो । हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झिन लायक रन बनाउन सकेनन् । हङकङको खातामा नेपालले चार अतिरिक्त रन थपेको थियो ।

तनहुँमा सम्बन्धविच्छेद बढ्यो: महिलाको माग पूरा नहुनु र वैदेशिक रोजगारी प्रमुख कारण मंगलबार, भदौ ५, २०८० यस्तै, अन्तरजातीय विवाहपश्चात परिवारले नस्वीकार्दा, अपेक्षाअनुरुप महिलाको माग पूरा नहुँदा, समयमा मायाप्रेम नपाउँदा आत्मसम्मानबाट अपहेलित हुँदा लगायतका घटनाबाट पनि महिलाले सम्बन्धविच्छेद गर्ने गरेको पाइएको छ ।

ललिता निवास प्रकरणमा नेपाल र भट्टराईलाई सीआईबीले बनाएन प्रतिवादी मंगलबार, भदौ ५, २०८० ललिता निवासको जग्गा हिनामिना प्रकरणका निर्णयाधिकार माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई प्रतिवादी नबनाई साक्षीका रूपमा मात्र रहने गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

जसपाले तोक्यो प्रदेश र विभागको जिम्मेवारी, कसको जिम्मेवारी कहाँ ? मंगलबार, भदौ ५, २०८० पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशिला श्रेष्ठलाई बागमती प्रदेश इञ्चार्ज, राजकिशोर यादवलाई लुम्बिनी प्रदेश इञ्चार्ज, प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इञ्चार्ज र गोविन्द चौधरीलाई सुदूरपश्चिम प्रदेश इञ्चार्ज तोकेको पार्टीका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुगे चितवन मंगलबार, भदौ ५, २०८० भरतपुर बनेको २२०/१३२ केभी सबस्टेसन र हेटौँडा–भरतपुर–बर्दघाटसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्न उनी चितवन पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई भरतपुर विमानस्थलमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरेका थिए ।

मेरो छाया देखेर एमाले डरायो : माधव नेपाल मंगलबार, भदौ ५, २०८० सत्तारुढ नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले आफ्नो पार्टीको छायामा नेकपा एमालेले डराएको बताएका छन् । मंगलबार ललितपुरस्थित बालकुमारीमा बसेको पार्टीको छैटौँ केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एसको छायामा एमाले डराएको बताएका हुन् ।

अमेरिकामा अलपत्र तीन नेपालीको उद्धार, यसरी पुगेका थिए उनीहरू मंगलबार, भदौ ५, २०८० उनीहरू बिहीबार र शनिबार काठमाडौं पुग्ने दूतावासले जानकारी दिएको छ । दुईतर्फी हवाई टिकट लिएर ट्रिनिडाड पुगेका उनीहरूले त्यहाँ पुगेपछि फिर्ता टिकट रद्ध गरेका थिए । त्यसले उनीहरूको अध्यागमनमा कठिनाई उत्पन्न भएको थियो ।

एमालेसँगको विद्रोह ठिक थियो : माधव नेपाल मंगलबार, भदौ ५, २०८० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीका कारण ठूलो परिवर्तन आएको बताएका छन् । मंगलबार ललितपुरस्थित बालकुमारीमा सुरु भएको छैटौँ केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले आफ्नो पार्टीको परिवर्तनबारे आफ्नो धारणा पेश गरेका हुन् ।








