News Griha :: न्यूजगृह
ललिता निवास प्रकरणमा नेपाल र भट्टराईलाई सीआईबीले बनाएन प्रतिवादी 

काठमाडौं— ललिता निवासको जग्गा हिनामिना प्रकरणका निर्णयाधिकार माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई प्रतिवादी नबनाई साक्षीका रूपमा मात्र रहने गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

उनीहरूसँग आइतबार निवास मै गरेर सीआईबीले बयान कागज गराएको थियो । मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको रायसहितको अनुसन्धान प्रतिवेदनमा सीआईबीले पूर्व प्रधानमन्त्रीद्वय लाई साक्षीका रूपमा मात्र खडा गरेको छ ।   

सीआईबीले ५७ दिनसम्म अनुसन्धान गरेर बुझाएको रायसहितको प्रतिवेदनमा चार पटक गरेर ललिता निवासको १४३ रोपनी जग्गा हडपिएको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १३:३९
Weather Update