News Griha :: न्यूजगृह
साताको तेस्रो दिन दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको तेस्रो दिन दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक १७ दशमलव ६९ अंकले बढेर दुई हजार १५ दशमलव ९८ विन्दुमा कायम भएको हो ।

कूल २७७ कम्पनीका ६० लाख ३१ हजार ३५६ कित्ता शेयर ३४ हजार ५०८ पटक खरिदबिक्री हुँदा एक अर्ब ३३ करोड २५ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार १८१ कम्पनीको शेयर मूल्य बढ्दा ४२ कम्पनीको शेयर मूल्य घटेको छ ।

कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा चार दशमलव ४२ प्रतिशतले गिरावट आएको छ ।

कारोबार रकम र शेयर संख्याका आधारमा मंगलबार सबैभन्दा धेरै कुमारी बैंक प्रमोटर शेयर २८ करोड ५९ लाख १९ हजार रुपैयाँ बराबरको दुई लाख ५३ हजार २६२ कित्ता किनबेच भएको छ ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १५:३९
Weather Update