ललिता निवास प्रकरण
ललिता निवास प्रकरण : ८ सय पृष्ठको अनुसन्धान प्रतिवेदन, २७० बढी प्रतिवादी

काठमाडौं— नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवासको सरकारी जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
सीआईबी प्रवक्ता नवराज अधिकारीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको जानकारी दिए ।
स्रोतका अनुसार ८ सय पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा २ सय ७० भन्दा बढीलाई प्रतिवादी बनाइएको छ ।
सीआईबीले पूर्वमन्त्री विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जय साह तथा पूर्वसचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, युवराज भुसाल र नारायणगोपाल मलेगोसहितलाई प्रतिवादी बनाउन सिफारिस गरेको छ । सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता महेशप्रसाद खत्रीले आगामी शुक्रबारसम्ममा प्रतिवदेन अध्ययन गरी मुद्दा लैजाने जानकारी दिए । ६० दिनभित्र मुद्दा चलाउनुपर्छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८० १२:०५