News Griha :: न्यूजगृह
टीकापुर घटनाको आठ वर्षपछि मृत्यु भएका नाबालकको सालिक अनावरण
टीकापुर घटनाको आठ वर्षपछि मृत्यु भएका नाबालकको सालिक अनावरण भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले टीकापुर घटना भएको आठ वर्षपछि बालकको सालिक अनावरण गरेकी हुन् । यस क्रममा मन्त्री श्रेष्ठले बाहिर जेजस्तो नकारात्मक प्रभाव पार्ने काम भए पनि टीकापुर शान्त रहेको बताइन् । २०७२ भदौ ७ गते टीकापुर घटना भएको थियो ।
प्रचण्ड र माधवले जनतालाई जुधाएको केपी ओलीको आरोप
प्रचण्ड र माधवले जनतालाई जुधाएको केपी ओलीको आरोप नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधव नेपालले जनता जुधाएर ताली बजाउन खोजेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रचण्ड र माधवले जनजातिको नाममा हिंसा भड्काउन भूमिका खेलेको टिप्पणी गरे ।
१८ वर्षअघि मलेसिया पुगेका बेपत्ता छोराको खोजी गरिदिन अपिल
१८ वर्षअघि मलेसिया पुगेका बेपत्ता छोराको खोजी गरिदिन अपिल उनले छोराको खोजी गरेर उद्धार गरिदिन नेपाल सरकारसँग अनुरोध गरेकी छन् । मलेसियाको ‘एक्सडी एसडीएन बीएचडी’ नामक कम्पनीमा मासिक आधारभूत सात सय आरएम पारिश्रमिक दिने भनेर राज ओभरसिज प्रालिले घिमिरेलाई मलेसिया पुर्‍याएको रोजगारसम्बन्धी सम्झौता पत्रबाट थाहा भएको छ ।
बढेको पारिश्रमिक लागू गर्न सरकारसँग सांसद अर्यालको माग
बढेको पारिश्रमिक लागू गर्न सरकारसँग सांसद अर्यालको माग बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा उनले केही व्यवसायीहरूले पारिश्रमिक गर्दा औद्योगिक भार पर्ने भन्दै त्यसको कार्यान्वयनलाई वेवास्ता गरेको भन्दै उनले बढेको ज्यादादर लागू गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् ।
सर्वोच्चको आदेशपछि सांसद घिमिरेले भने : कुरा पाँच करोडको होइन, हामी एक जुट हुनुपर्छ
सर्वोच्चको आदेशपछि सांसद घिमिरेले भने : कुरा पाँच करोडको होइन, हामी एक जुट हुनुपर्छ बिहीबार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद घिमिरेले सांसद विकाश कोषबाट सांसदहरूलाई दिने पैसा हटाउन नपर्ने भन्दै विरोध जनाएका हुन् । सर्वोच्चले बुधबार निर्वाचन क्षेत्र विकासको बजेट तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।
संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने
संसदीय समिति सभापतिको निर्वाचन भदौ ११ गते हुने बिहीबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरूको बैठकले भदौ ११ गते सबै विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो । 
सुन तस्करीका नाइकेसँग ‘कनेक्सन’ देखिएपछि अध्यागमन विभागका महानिर्देशकलाई जिम्मेवारीबाट हटाइयो
सुन तस्करीका नाइकेसँग ‘कनेक्सन’ देखिएपछि अध्यागमन विभागका महानिर्देशकलाई जिम्मेवारीबाट हटाइयो गत साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको तस्करीको सुन प्रकरणमा अधिकारीकोसमेत संलग्न रहेको दाबीसहितका समाचार सार्वजनिक भएपछि गृहले जिम्मेवारीबाट हटाउँदै मन्त्रालय तानेको हो । गृह स्रोतले भन्यो, ‘सुन तस्कर दावासँग कनेक्सन देखिएपछि अधिकारीलाई गृह मन्त्रालयमा तानेका हौं । योसँगै आवश्यक  छानविन शुरु भइसकेको छ ।’ 
जसपाले नयाँ विधानअनुरुप विभाग गठन गर्ने
जसपाले नयाँ विधानअनुरुप विभाग गठन गर्ने उनले जिल्ला/विशेष जिल्ला समन्वय समितिलाई पनि यथाशीघ्र विधानबमोजिम जिल्ला समितिमा रुपान्तरण वा पुनर्गठन गर्नु पर्ने भनी आन्तरिक परिपत्र जारी गरिएको छ र सोहीबमोजिम पार्टीले संगठनको अभिलेख अद्यावधिक गर्न लागेको जानकारी दिए ।
सदनमा एमाले सांसदको माग : सरकार हरायो, खोजी गरी पाउँ !
सदनमा एमाले सांसदको माग : सरकार हरायो, खोजी गरी पाउँ ! प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसदले सरकार हराएको भन्दै खोजी गर्न माग गरेका छन् । एमाले सांसद सूर्य थापाले संसद सञ्चालन हुँदै गर्दा उठेर विरोध जनाएका थिए । यसै क्रममा सभामुख देवराज घिमिरेले प्रश्न गरे, ‘मान्य सदस्य किन उठ्न भा’छ ?’
हेटौँडा अस्पतालमा १७५ शय्या निःशुल्क
हेटौँडा अस्पतालमा १७५ शय्या निःशुल्क प्रदेशका स्वास्थ्यमन्त्रीको मन्त्रिस्तरीय निर्णयबाट अस्पतालमा उपलब्ध शय्यामध्ये क्याबिन, एनआइसीयु र आइसियुबाहेक शय्या निःशुल्क रूपमा उपलब्ध गराउनु भनी आएको निर्देशनअनुसार आफूहरूले सेवा दिन थालेको प्रसाईंले बताए । यसअघि अस्पतालमा प्रतिबेड प्रतिदिन दुई सय शुल्क लाग्दै आएको थियो ।
दुई दिनदेखि हवाई उडान अवरुद्ध, विमानस्थलमै बस्न बाध्य यात्रु
दुई दिनदेखि हवाई उडान अवरुद्ध, विमानस्थलमै बस्न बाध्य यात्रु डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन । हवाई उडान प्रभावित भएपछि नेपालगञ्ज विमानस्थलमा बस्नु परेको ठूलीभेरी नगरपालिका डोल्पाका इञ्जिनियर राजेन्द्र ठकुल्लाले जानकारी दिए ।
नेपालमा वनले ओगटेको क्षेत्रफल ४५ प्रतिशत पुग्यो : अर्थमन्त्री महत
नेपालमा वनले ओगटेको क्षेत्रफल ४५ प्रतिशत पुग्यो : अर्थमन्त्री महत द्विपक्षीय बैठक काक्रममा अर्थमन्त्री डा. महतले वातावरण संरक्षणको क्षेत्रमा नेपालले गरेका प्रयास तथा उपलब्धिबारे प्रकाश पारेका थिए । बैठकमा मन्त्री महतले नेपालले सामुदायिक वनको अवधारणाबाट वनले ओगटेको क्षेत्रफल झण्डै ४५ प्रतिशत पुगेको जानकारी दिए ।
Weather Update