News Griha :: न्यूजगृह
बढेको पारिश्रमिक लागू गर्न सरकारसँग सांसद अर्यालको माग
फाइल तस्बिर

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले श्रमिकहरूको निम्ती बढाएको पारिश्रमिक लागू गर्नका सरकारसँग माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा उनले केही व्यवसायीहरूले पारिश्रमिक गर्दा औद्योगिक भार पर्ने भन्दै त्यसको कार्यान्वयनलाई वेवास्ता गरेको भन्दै उनले बढेको ज्यादादर लागू गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

‘श्रमिकको न्युनतम १७ हजार तीन सय निर्धारण गरीएको छ, तर औधोगिक भार पर्ने जस्ता अभिव्यक्ति आइराखेका छन्, बढेको पारिश्रमिक पनि लागू गर्न सकिएन भने पक्कै पनि राम्रो सन्देश जाँदैन्,’ उनले भने ।

यस्तै, उनले थपे, ‘उद्योग व्यवसाय प्रवद्र्धन गर्नु र श्रमिकको हकहितमा काम गर्नु सरकारको दायित्व हो, त्यसैले उद्योगी व्यवसायले बढेको पारिश्रमिक खुसी खुसी लागू गर्ने वातावरण सरकारले तयार गरिदिनु पर्छ ।’

सरकारले साउन ३२ गते राजपत्रमा सूचना प्रकाशित गर्दै पारिश्रमिक बढाएर न्युनतम १७ हजार तीन सय निर्धारण गरेको थियो । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १४:३४
Weather Update