छोराबुहारी अमेरिका-अष्ट्रेलिया गएपछि ७६ वर्षीय बालकृष्णले रोजे ‘ड्रागन’ खेती बिहीबार, भदौ ७, २०८०

एमालेको बहिस्कारपछि प्रदेश सभा अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी बिहीबार, भदौ ७, २०८० प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार संविधानको धारा १८३ को (२) बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङ्गले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका हुन् । प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा बुधबार राति ८ बजे बसेको मन्त्रिपरिषद् बैठकपछि भएको सिफारिसका आधारमा चालु अधिवेशन अन्त्य भएको जनाइएको छ ।

दुई कैदीको हत्या आरोपमा पाँच प्रहरीसहित १३ जनाविरुद्ध मुद्दा दर्ता बिहीबार, भदौ ७, २०८० उनीहरूविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धानलाई थप अघि बढाइएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । कारागारमा रहेको सीसीटीभी फुटेज अध्ययन तथा प्रत्यक्षदर्शीहरूको बयानका आधारमा घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाइएको छ ।

तीन पटक म्याद थपियो, काम सकिने टुंगो छैन बिहीबार, भदौ ७, २०८० नेपाल विद्युत् प्राधिकरण, मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामसँग भगवानपुर सवस्टेसन निर्माण कार्य गर्न ठेक्का पाएको निर्माण कम्पनी मुडभरी एण्ड जोशी आरके इन्टरनेसनल अनामनगर, काठमाडौंको ढिलासुस्तीले सवस्टेसन निर्माणमा ढिलाइ भएको हो ।

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढ्यो बिहीबार, भदौ ७, २०८० त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले वृद्धि भई एक हजार ४६० रुपैयाँमा कारोबार भएको छ ।

बालेन साह जस्तो मान्छेले यस्तो कुरा गर्न सुहाएन् : मन्त्री खड्का बिहीबार, भदौ ७, २०८० काठमाडौं महानगरको जडीबुटीस्थित बसपार्क हटाउने तयारी गरेपछि बिहीबार भएको छलफलमा मन्त्री खड्काले काठमाडौं महानगर मेयर बालेन्द्र साह (बालेन)लाई लक्षित गर्दै क्षणिक वाहवाही पाउन काम गर्न नहुने बताइन् ।

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन बिहीबार, भदौ ७, २०८० पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे खण्ड सञ्चालनमा आएको छ । बुधबारदेखि परेको वर्षाका कारण अवरुद्ध खण्ड पहिरो हटाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

सामाजिक सञ्जालको चर्चाले मोडिदिएको बाटो, एक हप्तामै १४ गीत रेकर्ड बिहीबार, भदौ ७, २०८० परियारले भोजराज थापाको सहयोगमा गीत रेकर्ड गर्न सफल भएको बताइन् । केही दिनअघिसम्म गाउँघरमै सीमित उनको पहिलो गीत चर्चामा छ । गायक प्रमोद खरेलसँगको स्वरको ‘उसलाई पाउन २’को गीत शुक्रबार मात्र सार्वजनिक भएको थियो ।

वडा र स्वास्थ्य भवन पहिरोको जोखिममा बिहीबार, भदौ ७, २०८० यस्तै, वर्षाले सुर्नया गाउँपालिका–४ स्थित शान्तिपुर सामुदायिक स्वास्थ्य इकाईको भवन पनि जोखिममा परेको छ । एकाईका अहेब विनोद भट्टका अनुसार स्वास्थ्य एकाईको भवनको आँगन पहिरोले भत्काएपछि भवन जोखिममा परेको हो ।

गौहत्यामा संलग्नलाई कारबाही गर्न कमल थापाको माग बिहीबार, भदौ ७, २०८० राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले धरानमा भएको गौहत्याको घटनाप्रति आपत्ति जनाएका छन् । समाजिक सञ्जालमार्फत उनले धरानमा सार्वजनिक रुपमा गौवंशको हत्या गरेर सामुहिक भोज गरिएको भन्दै आपत्ति जनाएका हुन् । उनले घटना लज्जाजनक भएको उल्लेख गरेका छन् ।

यी हुन् बारा बस दुर्घटनामा घाइते भएकाहरू, तीन जना नेपाली बिहीबार, भदौ ७, २०८० बाराको जीतपुरसिमरा उपमहानगर–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना भारतीय नागरिकहरू र एक जना नेपालीको मृत्यु भएको हो । घटनामा महोत्तरीको लोहारपटी–५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।

काठमाडौंसहित देशभरका नदीमा पानीको सतह बढ्ने, सतर्क हुन आग्रह बिहीबार, भदौ ७, २०८० वर्षाका कारण ठूला नदीहरूमा जलसतह बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले महाकाली, नारायणी र मर्स्याङदी नदीको जलसतह सतर्कता तह नजिक पुग्ने जनाएको हो ।

राते पहरोको त्रासमा बस्ती, दुई सय घरका बासिन्दा जोखिममा बिहीबार, भदौ ७, २०८० गाउँलेको एउटै पिरलो छ । कतिबेला के हुन्छ ? पानी पर्दा होस् या चर्को घाम लाग्दा होस् । उनीहरूलाई उही राते पहरोले निद हराम गराउँदै आएको छ । छाप्राकको बस्तीमा केही दिनअघि मात्रै पहरोबाट दुई ठूला ढुंगा फुटेर आए । स्थानीय श्यामबहादुर सार्की पहरोबाट फुटेर आएका दुई ढुंगा बस्ती नजिकै...









