News Griha :: न्यूजगृह
जसपाले नयाँ विधानअनुरुप विभाग गठन गर्ने
फाइल तस्बिर

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले नयाँ विधानअनुरुप आफ्ना विभाग तथा संगठनहरू गठन तथा पुनर्गठन गर्ने भएको छ । 

भदौ मसान्तभित्रै नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरू गठन र पुनर्गठन गरिने भएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले विज्ञप्तिमार्फत जानकारी दिए ।

उनले जिल्ला/विशेष जिल्ला समन्वय समितिलाई पनि यथाशीघ्र विधानबमोजिम जिल्ला समितिमा रुपान्तरण वा पुनर्गठन गर्नु पर्ने भनी आन्तरिक परिपत्र जारी गरिएको छ र सोहीबमोजिम पार्टीले संगठनको अभिलेख अद्यावधिक गर्न लागेको जानकारी दिए ।

पार्टीले आगामी कात्तिक मसान्तभित्र नामावलीसहितको सांगठनिक विवरण पठाउन पार्टी संगठन र समितिलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सदस्यता अद्यावधिक गर्दा तोकिएको सदस्यता शुल्क बुझाएको हुनु पर्ने गरी निर्देशन जारी गरिएको पनि प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १३:५७
Weather Update