धरानमा सद्भाव कायम राख्ने सर्वदलीय बैठकको निर्णय शुक्रबार, भदौ ८, २०८०

तस्करहरू आतंकित बनेका छन् : गृहमन्त्री श्रेष्ठ शुक्रबार, भदौ ८, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण नभएसम्म विकास सम्भव नरहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सुशासन कायम नगरी विकास सम्भव नरहेको तर्क गरे ।

धरानमा २४ घण्टाका लागि निषेधाज्ञा शुक्रबार, भदौ ८, २०८० जिल्ला प्रशासन कार्यालयले जिल्लाका १२ स्थानीय तहमा डेंगु रोगका संक्रमण व्यापक फैलिएर १६ हजारभन्दा बढीमा संक्रमण देखिएको भन्दै निषेधाज्ञा जारी गरेको हो । त्यस्तै, धरानमा धार्मिक साम्प्रादायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गरिएको जनाएको छ ।
ललिता निवास प्रकरणमा माधव नेपाललाई फसाउन खोजियो : मन्त्री ज्वाला शुक्रबार, भदौ ८, २०८० मन्त्री ज्वालाले अदालतको षड्यन्त्र पनि चकनाचुर पार्ने र सबैभन्दा क्लिन नेताहरू नेकपा एसमै भएको बताए । पार्टीलाई कमजोर नबनाई उच्च मनोबलको साथ अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।

सामाजिक सद्भाव खल्बल्याउनेविरुद्ध सचेत हुनु पर्छ : उपप्रधानमन्त्री खड्का शुक्रबार, भदौ ८, २०८० सदियौँदेखि देशमा विभिन्न भूगोल र समाजमा विभिन्न जातजाति, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा एकतामा बाँधिएको उल्लेख गर्दै उनले यस्तो एकता खलबल्याउने, समाज भाँड्ने काम नगर्नेमा जोड दिए ।

बाढी आएपछि सिरहामा हुने भनिएको एमाले सचिवालय बैठक स्थगित शुक्रबार, भदौ ८, २०८० मदन भण्डारीलाई नेतृत्वमा स्थापित गरेर माओ विचारधारा विस्थापन गरेको ऐतिहासिक स्थलमा एमालेको सचिवालय बैठक बस्ने तयारी थियो । २०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो ।

विराटनगर पुगेर ओलीले भने- कोशी प्रदेशमा एमालेको सरकार बन्छ शुक्रबार, भदौ ८, २०८० नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् । विराटनगरमा पत्रकारले ओलीलाई कोशी प्रदेशको अबको निकास के ? भन्ने प्रश्नमा एमालेले ५० भन्दा माथि सिट ल्याएर सरकार चलाउँछ भन्दै जवाफ दिएका हुन् ।

नेपाल मलेसियासँग ६ विकेटले पराजित शुक्रबार, भदौ ८, २०८० चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत एसिया क्षेत्र छनोटअघिको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ । बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

केपी ओलीका कारण एमाले संकटग्रस्त बन्दै छ : घनश्याम भुसाल शुक्रबार, भदौ ८, २०८० नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी शर्मा ओलीको उदयसँगै राजनीतिमा घृणा सुरु भएको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा नेकपा एमाले अध्यक्ष ओलीको उदयसँगै निन्दा, खुट्टा तानाताने, भत्र्सना र गालीको परम्परा हाबी भएको बताए ।

सद्भाव कायम राख्न मेयर हर्क साम्पाङले गरे अपिल शुक्रबार, भदौ ८, २०८० पछिल्लो केही दिनदेखि धरानमा भएको गतिविधिलाई लक्षित गरी मेयर साम्पाङले सद्भाव कायम गरी अगाडि बढ्न विज्ञप्ति जारी गर्दै अपिल गरेका हुन् । यस क्रममा उनले केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशिल बनाइरहेको भन्दै दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपतिसँग गर्भनरले गरे भेटवार्ता शुक्रबार, भदौ ८, २०८० शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर गर्भनर अधिकारीले भेटवार्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेललाई गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रका विषयमा जानकारी गराएको बताइएको छ ।

महिला टी-२० सिरिज : नेपालले मलेसियालाई दियो ८४ रनको लक्ष्य शुक्रबार, भदौ ८, २०८० वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८३ रन बनाएको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेपछि पहिलो ब्याटिङ गरेको थियो ।

दश दिनमा आठ जनाले आत्महत्या गरेपछि प्रहरीले सुरु गर्यो सचेतना अभियान शुक्रबार, भदौ ८, २०८० ‘जनचेतनामूलक मनोबल अभिवृद्धि कार्यक्रम’ नाम दिई सञ्चालन गरिएको सचेतनाका लागि अधिकृत स्तरका प्रहरी तथा बनेपास्थित शिर मेमोरियल अस्पतालका मनोसामाजिक परामर्शकर्तासहित विद्यालयका कक्षा कोठामा कार्यक्रम सञ्चालन गरिएको हो ।









