News Griha :: न्यूजगृह
जनयुद्ध लक्षित भ्रामक प्रचारलाई गम्भीर रुपमा लिएका छौँ : प्रचण्ड
जनयुद्ध लक्षित भ्रामक प्रचारलाई गम्भीर रुपमा लिएका छौँ : प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई लक्षित गरी भ्रामक प्रचार भएको भन्दै आपत्ति जनाएका छन्।प्रधानमन्त्री प्रचण्डले लामो समयदेखि रोकिएको सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन तत्काल संसद्बाट पारित गरिने प्रतिबद्धता व्यक्त गरे ।
तीन वर्षमा ललितपुर देशकै उज्यालो शहर बन्ने मेयर महर्जनको दाबी
तीन वर्षमा ललितपुर देशकै उज्यालो शहर बन्ने मेयर महर्जनको दाबी शुक्रबार ललितपुरमा नेपाल इन्जिनियर्स संघले आयोजना गरेको अन्तरक्रियामा उनले ललितपुरलाई उज्यालो बनाउने कार्यमा निरन्तर लागिरहेको भन्दै अबको तीन वर्षपछि ललितपुर देशकै सबैभन्दा उज्यालो शहर बन्ने दाबी गरेका हुन् ।
प्राध्यापक खनालको ‘विश्वेश्वरप्रसाद कोइराला चेतना चिन्तन र राजनीति’ सार्वजनिक
प्राध्यापक खनालको ‘विश्वेश्वरप्रसाद कोइराला चेतना चिन्तन र राजनीति’ सार्वजनिक शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादवलगायतले सामूहिक रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । कार्यक्रममा यादवले पुस्तकमा लोकतन्त्रको इतिहासदेखि कम्युनिष्टको इतिहाससम्म सबै कुरा समेटिएको बताए । उनले पुस्तक पढ्दा महाभारत लेखेको जस्तो अनुभूति भएको बताए । 
हङकङबाट आएको ६० किलो सुनको अनुसन्धानमा प्रहरीले माग्यो इन्टरपोलको सहयोग
हङकङबाट आएको ६० किलो सुनको अनुसन्धानमा प्रहरीले माग्यो इन्टरपोलको सहयोग सीआईबीले इन्टरपोल बेइजिङ मार्फत हङकङ सब ब्युरो र भारतको नेशनल सेन्ट्रल ब्युरो (दिल्ली)लाई सहयोग माग्दै पत्राचार गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको कार्गो सामानबाट गत साउन ३ मा सुन बरामद भएको थियो ।
बाढीले तटबन्ध नै बगायो, सिरहाको बेल्ही गाउँ असुरक्षित
बाढीले तटबन्ध नै बगायो, सिरहाको बेल्ही गाउँ असुरक्षित बाँध भत्किएसँगै सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोलीले शुक्रबार निरीक्षण गरेको छ । निरीक्षण गर्दै प्रजिअ थापाले बाढी पसेका बस्तीका जनताको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको बताए । प्रत्येक वर्ष आएको बाढीले खेतीयोग्य जमिन कटान गरेपछि स्थानीय किसान भूमिहीन बन्दै गएको छ । बलान नदीमा स्थायी...
सुन तस्करी प्रकरणमा सीआईबीले माग्यो सर्वसाधारणबाट सूचना
सुन तस्करी प्रकरणमा सीआईबीले माग्यो सर्वसाधारणबाट सूचना आम नागरिकको साथ सहयोग र सहकार्यबाट  अपराध अनुसन्धान सत्य र तथ्यमा पुग्ने  भन्दै ब्युरोले सो कार्यमा सकारात्मक सहयोगको अपेक्षा पनि गरेको छ । त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँच पास भएको कार्गो सामानमा लुकाएर भित्राइएको तस्करीको सुन प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
झापामा हात्तीले घर, पसल भत्काउँदा एक लाख बढी क्षति
झापामा हात्तीले घर, पसल भत्काउँदा एक लाख बढी क्षति झापामा जंगली हात्तीले दैनिकजसो गाउँ शहर छिरेर स्थानीयवासीलाई दुःख दिइरहेको छ । आहाराको खोजीमा गाउँ पस्ने हात्तीले लाखौंको क्षति गर्दै आएको छ । शुक्रबार बिहान मात्र दमकमा किराना पसल र स्थानीयको घर भत्काएर करिब एक लाखभन्दा बढीको सामान खाइदिएको प्रहरीले जनाएको छ ।
नीतिगत सुधारपछि मात्रै श्रमिकको न्यूनतम पारिश्रमिक लागु गर्न महासंघको आग्रह
नीतिगत सुधारपछि मात्रै श्रमिकको न्यूनतम पारिश्रमिक लागु गर्न महासंघको आग्रह श्रमिकका लागि सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागु गर्नका लागि नीतिगत सुधार आवश्यक रहेको धारणा निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग उद्योग वाणिज्य महासंघले राखेको छ ।
बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह
बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह जिल्ला प्रशासन कार्यालयले बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह गरेको छ ।
मनाङकाे घट्टे खोला बढेपछि आवतजावत रोकियो
मनाङकाे घट्टे खोला बढेपछि आवतजावत रोकियो हिमाली जिल्ला मनाङको सदरमुकाम वरपरका घट्टे खोला बढेपछि आवतजावत रोकिएको छ । घट्टे खोला माथिल्लो क्षेत्रबाट एक्कासी बढेर आउँदा काठे पुललाई पानीको सतहले छोएपछि आवतजावत रोकिएको हो ।
मेलम्चीको बाढीले बगायो ग्याल्थुमको सरस्वती मावि, मेलम्ची–हेलम्बु सडक ठाउँ–ठाउँमा अवरुद्ध
मेलम्चीको बाढीले बगायो ग्याल्थुमको सरस्वती मावि, मेलम्ची–हेलम्बु सडक ठाउँ–ठाउँमा अवरुद्ध यो स्कुल जिल्लाको पुरानो र प्रतिष्ठित हो । सोही विद्यालय पढेका पूर्वविद्यार्थी विदुर ज्योति भन्छन्,‘२०६६/६७ सालमा मैले ११ र १२ कक्षा पढेकाे हुँ । आफूले पढेको विद्यालय बाढीले बगाउँदा धेरै दुःखी छु । खोलाबाट विद्यालय टाढा थियो । बाढी आएपछि खोलाको सतह बढ्यो । अनि विद्यालय बगायो । यो विद्यालय...
ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती लिने गिरोह सार्वजनिक
ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती लिने गिरोह सार्वजनिक नेपाल प्रहरीले ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरे छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत जेठ १२ गते नेपालबाट ‘सिजनल भिसा’ मा वैदेशिक रोजगारीका क्रममा सर्बिया गएका ३ नेपालीलाई बन्धक बनाएर रकम फिरौती माग्ने ४ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हाे...
Weather Update