News Griha :: न्यूजगृह
गैरआवासीय नेपाली नागरिकता लिँदा झन्झट नहोस् भन्नेमा सरकार सजग छ : उपप्रधानमन्त्री श्रेष्ठ
गैरआवासीय नेपाली नागरिकता लिँदा झन्झट नहोस् भन्नेमा सरकार सजग छ : उपप्रधानमन्त्री श्रेष्ठ सिंहदरबारस्थित गृहमन्त्रालयमा गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा उनले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावलीमा समावेश गरिने प्रावधान गैरआवासीय नेपालीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
गोलभेँडाको भाउ घट्यो, अरु तरकारीको मूल्य कति?
गोलभेँडाको भाउ घट्यो, अरु तरकारीको मूल्य कति? समितिका अनुसार ठूलो गोलभेँडाको न्यूनतम मूल्य आज ८० रुपैयाँ प्रतिकेजी तोकिएको छ । नेपाली सानो गोलभेँडा ५८ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ, भारतीय प्याज सुकेको ७३ रुपैयाँ, गाजर १०० रुपैयाँ तथा स्थानीय काउली ६० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ ।
बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित
बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित अविरल वर्षासँगै आएको बाढी र पहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ । मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार साँझ बगाएको स्थानीय श्याम शर्माले जानकारी दिनुभयो । अन्य भवन पनि जोखिममा रहेका छन् । त्यस्तै ग्याल्थुम बजार पनि जोखिममा परेको छ ।
डोल्पाको स्याउमा बिचौलियाको रजगज, स्थानीय तह मुकदर्शक
डोल्पाको स्याउमा बिचौलियाको रजगज, स्थानीय तह मुकदर्शक डोल्पामा चार सय १२ हेक्टर जमिनमा स्याउ खेती गरिएको र प्रत्येक वर्ष तीन हजार दुई सय ९६ मेट्रिक टन स्याउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताए । त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकालाई काँचो स्याउ बिक्रीवितरणमा रोक लगाउन भने पनि चासो नदिएको उनको भनाइ छ ।...
घट्यो पाउण्डको मूल्य, डलरको के छ ? 
घट्यो पाउण्डको मूल्य, डलरको के छ ?  राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८१ पैसा रहेको छ । शुक्रबारको तुलनामा शनिबार पाउण्डको मूल्य घटेको हो । शुक्रबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २४ पैसा र बिक्री दर १६८ रुपैयाँका कारोबार भएको थियो । 
महिला टी–ट्वान्टी आई सिरिज : नेपाल र हङकङबीच फाइनल ११:४५ मा  
महिला टी–ट्वान्टी आई सिरिज : नेपाल र हङकङबीच फाइनल ११:४५ मा   नेपालले चारदेश सम्मिलित महिला टी२० आई सिरिजको फाइनल खेलमा शनिबार हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्यान्ह ११ः४५ मा मलेसियाको बायोमास ओभलमा नेपाल र हङकङबीच फाइनल खेलेका हुनेछ । नेपाल, मलेसिया र हङकङको समान ४ अंक थियो । तर नेटरनरेटको कारण अन्तिम खेलमा नेपाललाई ६ विकेटले हराएपनि मलेसिया फाइनलमा...
अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा आउँदै 
अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमणमा आउँदै  सिनेटर भ्यान होलेनको कार्यालयले दिएको जानकारीअनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्नेछन् । उनले अमेरिकी सहयोगमा सञ्चालित प्रोजेक्ट र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमासमेत भ्रमण गर्नेछन् । 
ला लिगा : बेलिङह्यामको निर्णायक गोलमा रियल विजयी
ला लिगा : बेलिङह्यामको निर्णायक गोलमा रियल विजयी शुक्रबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई १–० गोलले हराएको हो । खेलको ८१ औँ मिनेटमा बेलिङह्यामले जोसेलुको पासमा गरेको गोल खेलमा निर्णायक बनेको थियो । पछिल्ला तीन खेलमा उनको यो चौथो गोल पनि हो ।
धरानमा आज निषेधाज्ञा, सामाजिक सद्भाव कायम राख्न अपिल
धरानमा आज निषेधाज्ञा, सामाजिक सद्भाव कायम राख्न अपिल धरानका सबै राजनीतिक दलहरूले पनि सामाजिक सद्भाव कायम गर्न र द्वन्द्वको वातावरण अन्त्य गर्न सबै पक्षलाई अपिल गरेका छन् । शुक्रबार बसेको सर्वदलीय बैठकले विगत केही दिनदेखि धरानमा देखिएको असहज परिस्थितिले सामाजिक सद्भाव, सहिष्णु वातावरण बिथोलिने आशङ्का उत्पन्न भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । 
बागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा
बागलुङमा पहिरोले दुई घर भत्किए, दर्जन बढी उच्च जोखिममा बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् । 
शनिबार कस्तो छ तपाईंको राशिफल ? थाहा पाउनुस् 
शनिबार कस्तो छ तपाईंको राशिफल ? थाहा पाउनुस्  भदौ ९ गते शनिबार । साउन शुक्ल दशमी तिथि । पञ्चाङ्ग विषकुम्भ तैतल ज्येष्ठा । राशिफल हेरेर भाग्य थाहा पाउनुहोस् ।
आजदेखि मौसममा क्रमिक सुधार हुने, यी प्रदेशमा मात्र भारी वर्षाको सम्भावना
आजदेखि मौसममा क्रमिक सुधार हुने, यी प्रदेशमा मात्र भारी वर्षाको सम्भावना शनिबारदेखि मौसममा क्रमिक सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मौसमविद् गंगा नगरकोटीका अनुसार न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएकाले शनिबारदेखि मौसममा क्रमिक सुधार हुने पूर्वानुमान् गरिएको छ।
Weather Update