News Griha :: न्यूजगृह
चेल्सीलाई ३–० को सहज जित

काठमाडौं—  इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न तेस्रो चरणको पहिलो खेलमा चेल्सीले लुटन टाउनलाई पराजित गरेको छ ।

रहीम सटर्लिङको दुई गोल र निकोलस ज्याक्सनको एक गोलको मद्दतमा चेल्सीले ३–० को सहज जीत हासिल गरेको हो ।

सुरुवाती दुई खेलमा जित निकाल्न असफल चेल्सीले खेलको १७ औं मिनेटमा सटर्लिङको उत्कृष्ट एकल गोलमार्फत अग्रता लिएको थियो । ६८ औं मिनेटमा सटर्लिङले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । मालो गुस्टोको पासमा बललाई गोल पोस्टको दिशा देखाउँदै सटर्लिङले दोस्रो गोल गरेका थिए ।  

७५औं मिनेटमा निकोलस ज्याक्सनले गोल गर्दै चेल्सीलाई ३–० को अग्रता दिलाएका थिए । इंग्लिस प्रिमियर लिगमा शनिबार तेस्रो चरणका थप ६ खेल हुँदैछन् ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०९:३१
Weather Update