
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी र फलफूलको बजार मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार ठूलो गोलभेँडाको न्यूनतम मूल्य आज ८० रुपैयाँ प्रतिकेजी तोकिएको छ । नेपाली सानो गोलभेँडा ५८ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ, भारतीय प्याज सुकेको ७३ रुपैयाँ, गाजर १०० रुपैयाँ तथा स्थानीय काउली ६० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ ।
घिउ सिमी लोकल ८०, भन्टा डल्लो ८०, तने बोडी ८०, मकै बोडी ९०, भटमास कोशा १००, तितो करेला ८०, लौका ६०, लोकल परबर ५५, घिरौँला ६०, हरियो फर्सी ८०, फर्सी पाकेको ४५, इस्कुस ५०, कन्य च्याउ १५०, डल्ले च्याउ ३५०, कुरिलो ४५०, ब्रोकाउली १५०, काँक्रो लोकल ६० रुपैयाँ न्यूनतम प्रतिकेजीमा किनबेच भइरहेको छ ।
त्यस्तै, शनिबारका लागि केरा दर्जनको १४० रुपैयाँ, स्याउ फुजी ३५०, अनार ३००, आँप दशहरी २२०, कालो अंगुर ४५०, तरबुजा ७०, मौसम १२०, नासपाती लोकल ७०, मेवा भारतीय ८०, किवी ७०० र आभोकाडो २५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।













