काठमाडौं— नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८१ पैसा रहेको छ । शुक्रबारको तुलनामा शनिबार पाउण्डको मूल्य घटेको हो । शुक्रबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २४ पैसा र बिक्री दर १६८ रुपैयाँका कारोबार भएको थियो ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९४ पैसा र बिक्री दर १३२ रुपैयाँ ५४ पैसा पुगेको छ । शनिबार युरोको भाउ घटेको छ । युरो एकको खरिद दर शनिबार १४२ रुपैयाँ ३८ पैसा र बिक्री दर १४३ रुपैयाँ १२ पैसा तोकिएको छ । शुक्रबार एक युरोको खरिद दर १४३ रुपैयाँ ०९ पैसा र बिक्री दर १४३ रुपैयाँ ७४ पैसा तोकिएको थियो ।
त्यसैगरी कतारी रियालको मूल्य सामान्य बढेको छ । शनिबार रियाल एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।