
काठमाडौं— प्राध्यापक कृष्ण खनालद्वारा लिखित ‘विश्वेश्वरप्रसाद कोइराला चेतना चिन्तन र राजनीति’ विषयक पुस्तक सार्वजनिक भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादवलगायतले सामूहिक रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । कार्यक्रममा यादवले पुस्तकमा लोकतन्त्रको इतिहासदेखि कम्युनिष्टको इतिहाससम्म सबै कुरा समेटिएको बताए । उनले पुस्तक पढ्दा महाभारत लेखेको जस्तो अनुभूति भएको बताए ।

उनले भने, ‘किताबमा लाग्छ महाभारत लेख्नुभएको छ । लोकतन्त्रको इतिहाससँगसँगै कांग्रेसको, कम्युनिष्टको इतिहास जस्ता सारा कुरा समेट्नु भएको छ । खनालजीलाई धन्यवाद दिन चाहन्छु । ’

२००७ सालको क्रान्ति ०१७ सालको घट्ना ०४६ सालको परिवर्तन ०६२/०६३ को परिवर्तन सारा घट्नाको विवरण किताबमा समेटिएको उनले बताए । त्यस्तै लेखक खनालले पुस्तक लेख्दा बीपीको मन र दिमाग भित्र पस्ने प्रयास गरेको बताए ।