News Griha :: न्यूजगृह
तीन वर्षमा ललितपुर देशकै उज्यालो शहर बन्ने मेयर महर्जनको दाबी

काठमाडौं— ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुरलाई देशकै उज्यालो शहरको रुपमा विकास गर्ने दाबी गरेका छन् ।

शुक्रबार ललितपुरमा नेपाल इन्जिनियर्स संघले आयोजना गरेको अन्तरक्रियामा उनले ललितपुरलाई उज्यालो बनाउने कार्यमा निरन्तर लागिरहेको भन्दै अबको तीन वर्षपछि ललितपुर देशकै सबैभन्दा उज्यालो शहर बन्ने दाबी गरेका हुन् ।

महर्जनले भने, ‘ललितपुरलाई उज्यालो बनाउने कामलाई निरन्तरता दिइएको छ । दुई तिन वर्ष पछि जो कोही रात्रिकालीन अवस्थामा  प्लेनमा चढेर काठमाडौं छिरेर तल हेर्दा जुन शहर उज्यालो देखिन्छ त्यो ललितपुर हुनेछ । ’

उनले ललितपुर महानगरपालिकामा इलेक्ट्रोनिक इन्जिनियर, आईटी अफिसदेखि लिएर अहिलेको आवश्यकता अनुसारको मेनपावर व्यवस्था गर्ने बताए । 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०४:१०
Weather Update