News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरणमा सीआईबीले माग्यो सर्वसाधारणबाट सूचना

काठमाडौं— प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले  सुन तस्करी प्रकरणसँग सम्बन्धित केही सूचना, तथ्य वा प्रमाण भएमा जानकारी दिन सार्वजनिक आह्वान गरेको छ । 
                                 
ब्युरोले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै सबैसँग सहयोग मागेको हो । सीआईबीले सूचनामा भनेको छ, ‘सो सम्बन्धमा कसैसँग केही सूचना, तथ्य वा प्रमाण भएमा यस ब्युरोको इमेल ठेगाना cib@nepalpolice.gov.np मा पठाई सहयोग गर्नु हुन वा यस ब्युरोका सूचना अधिकारीको सम्पर्क नम्बर ९८५१२९१३११ मा समेत सम्पर्क राख्न अनुरोध गर्दछौँ । साथै सो सम्बन्धमा भएका सूचना, तथ्य वा प्रमाण यस कार्यालयमा प्रत्यक्ष रूपमा आई उपलब्ध गराउन सकिने  छ  । यसरी प्राप्त भएको जानकारी वा सूचनाको श्रोत गोप्य रहने कुरा सबैमा जानकारी गराउन चाहन्छौ ।’

आम नागरिकको साथ सहयोग र सहकार्यबाट  अपराध अनुसन्धान सत्य र तथ्यमा पुग्ने  भन्दै ब्युरोले सो कार्यमा सकारात्मक सहयोगको अपेक्षा पनि गरेको छ । त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँच पास भएको कार्गो सामानमा लुकाएर भित्राइएको तस्करीको सुन प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०२:०८
Weather Update