धरानमा २४ घण्टाका लागि निषेधाज्ञा

सुनसरी— जिल्लाको धरान उपमहानगरमा २४ घण्टाका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुमकला पाण्डे विज्ञप्ति जारी गर्दै निषेधाज्ञा गरेको जानकारी दिएकी हुन् ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाका १२ स्थानीय तहमा डेंगु रोगका संक्रमण व्यापक फैलिएर १६ हजारभन्दा बढीमा संक्रमण देखिएको भन्दै निषेधाज्ञा जारी गरेको हो ।
त्यस्तै, धरानमा धार्मिक साम्प्रादायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर गरिएको जनाएको छ ।
विज्ञप्तिमा जनाइएअनुसार भदौ ८ गते मध्यराति १२ बजेदेखि ९ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको सीडीओ पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० १७:०९