ललिता निवास प्रकरणमा माधव नेपाललाई फसाउन खोजियो : मन्त्री ज्वाला
काठमाडौं— नेकपा एकीकृत समाजवादीका नेता तथा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा माधव नेपाललाई फसाउन खोजेको आरोप लगाएका छन् ।
शुक्रबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतले दोषी देखाए पनि जनताले नपत्याउने बताए । उनले भने, ‘ललिता निवास जग्गा प्रकरणमा हाम्रो पार्टीका अध्यक्षलाई फसाउन खोजियो, माधव नेपालले भ्रष्टाचार गर्यो भनेर यो दुनियाँमा कसैले पत्याउँछ ? सायद समकालीन नेताहरूमा सबैभन्दा स्वच्छ छविको नेता हुनुहुन्छ, कमी होलान्, तर भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले कसैले माधव नेपाललाई प्रश्न उठाउन सक्दैन ।’
मन्त्री ज्वालाले अदालतको षड्यन्त्र पनि चकनाचुर पार्ने र सबैभन्दा क्लिन नेताहरू नेकपा एसमै भएको बताए । पार्टीलाई कमजोर नबनाई उच्च मनोबलको साथ अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० १६:५८













