
काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण नभएसम्म विकास सम्भव नरहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सुशासन कायम नगरी विकास सम्भव नरहेको तर्क गरे ।
कमिशन खोर र उनीहरूको संरक्षणमा लागेकाहरूको निद हराम भएको उनको भनाइ छ । ‘सुशासन कायम नगरी भ्रष्टाचार, कमिशन, तस्करी, कालाबजारी, ठगीलाई अन्त्य गरेर नयाँ वातावरण सिर्जना नगरी समृद्ध र विकासको प्रक्रिया तीव्र हुँदैन,’ उनले भने, ‘त्यसका लागि हामी सुशासनको बाटोमा अगाडि बढेका छौँ ।’
यसै क्रममा उनले सरकारविरुद्ध विभिन्न खाले आक्रमण भइहरेको जिकीर गरे । उनले भने, ‘सरकारलाई एउटापछि अर्को अक्रमण गर्ने र यसको व्यवहारिक नेतृत्वलाई असफल बनाउन आक्रमण गर्न खनिएका छन्, आफ्नो अभियान सफल पार्न सरकार प्रतिबद्ध छ, त्यसमा हामी हल्लिनेवाला छैनौँ ।’
उनले सरकार नेपाली जनतालाई नयाँ जीवन दिने बाटोमा लागेको दाबी गरे । त्यसका लागि सुशासनको सवालमा कुनै सम्झौता नगर्ने उनको भनाइ थियो ।