पूर्वसचिव भीम उपाध्यायविरुद्ध उजुरी, के हो कसुर ? शुक्रबार, भदौ ८, २०८०

उपभोक्ताले प्याज र गोलभेँडाको खपत कम गर्नुपर्छ : महासचिव गजुरेल शुक्रबार, भदौ ८, २०८० नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलले प्याज तथा गोलभेडामा उपभोक्ताहरूले संयमता अपनाउनु पर्ने बताएका छन् । महासचिव गजुरेलले विश्व बजारमा प्याज अभाव भएसँगै ९० प्रतिशत आयात गर्ने देश नेपालमा उपभोक्ताहरूले राष्ट्रिय हितका लागि प्याजको खपत कम गर्नु पर्ने बताएका हुन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष पोखराबाट पक्राउ, जुवा खेलेको आरोप शुक्रबार, भदौ ८, २०८० पोखरा महानगरपालिका–८ सिर्जनाचोक स्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जनालाई बिहीबार वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो । तर पक्राउ परेका अध्यक्ष लालचनले सुरुमा आफ्नो नाम प्रहरीसँग ढाँटेको खुलेको छ । गाउँपालिका अध्यक्ष पक्राउ परेको जुवाखालबाट प्रहरीले ४ लाख ४७ हजार ८० रुपैयाँ बरामद...

नागरिकता बनाउने घट्यो, राहदानी बनाउने अधिक शुक्रबार, भदौ ८, २०८० जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा नागरिकता बनाउनेको संख्या घटेको र राहदानी बनाउनेको संख्या बढ्दै गएको हो । गत आर्थिक वर्ष २०७९/८० मा छ हजार ३३८ जनाले नागरिकता बनाएका बैतडीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेश पन्थीले जानकारी दिए ।
भारतमा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुग्यो शुक्रबार, भदौ ८, २०८० मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तर–पश्चिममा रहेको मणिपुरको साइराङ शहरमा निर्माणाधीन पुल भत्किएको थियो । मृतकहरू सबै घटनास्थलमा काम गर्ने कामदार रहेको बताइएको छ ।

पहिरोका कारण कान्तिलोक पथ अवरुद्ध शुक्रबार, भदौ ८, २०८० जिल्ला प्रहरी कार्यालय मकवानपुरले पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको जनाएको छ । मौसम सुधार भए अपराह्नसम्म पहिरो पन्छाइने मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

दुधकोशी र कमला नदीमा जल सतह बढ्यो, सर्तकता अपनाउन आग्रह शुक्रबार, भदौ ८, २०८० यी नदीमा जल सतह खतराको तहभन्दा माथि पुगेको छ । खोटाङको रबुवा बजारमा दुधकोशीमा पानीको सतह ६ मिटर नाघेको छ भने सिन्धुलीको रानीबासमा कमला नदीको जल सतह झण्डै ४ मिटर पुगको बाढी पूर्वमानुमान महाशाखाले जनाएको छ ।

जनार्दन शर्माको फेसबुक पेज ह्याक, अनावश्यक भिडिओ पोस्ट शुक्रबार, भदौ ८, २०८० पछिल्लो सयम सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सामाजिक सञ्जाल ह्याक गरी पैसा बार्गेनिङ गर्ने क्रम बढ्दो रहेको छ । यसैबीच नेता शर्माको फेसबुक आफ्नै नियन्त्रणमा फर्काउने प्रयास भइरहेको छ ।

यी प्रदेशहरूमा मनसुनी वर्षा जारी शुक्रबार, भदौ ८, २०८० हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ ।

बुबा गुमाएको दुई दिनमै काममा फर्किए मन्त्री किराती शुक्रबार, भदौ ८, २०८० संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती बुबा गुमाएको दुई दिनमै काममा फर्किएका छन् । शुक्रबार समाजिक सञ्जालमार्फत उनले मर्ने त मरेर गइजानु भयो बाँकी जीवन बाँच्नेको निम्ति भन्दै काममा फर्केको जानकारी दिएका हुन् ।

आफ्नै देश भारतविरुद्ध नेपाललाई खेलाउँदै मोन्टी शुक्रबार, भदौ ८, २०८० प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १७ सदस्यीय टोली घोषणा गरेको थियो । रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा मोन्टी देसाई प्रमुख प्रशिक्षक छन् । नेपाली टोलीका प्रमुख प्रशिक्षक देसाई भारतीय नागरिक हुन् । उनी २०७९ माघ तेस्रो साता नेपाली क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका हुन् ।

शिक्षकको तलबसहितको विवरण स्वीकृत शुक्रबार, भदौ ८, २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलबदेखि सेवासुविधासम्बन्धी विवरण स्वीकृत गरेको छ ।

'आइफोन' उपहार पाउने भएपछि... शुक्रबार, भदौ ८, २०८० नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतबाट पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कष्टम क्लियरेन्स’ गर्न पैसा चाहिने भनेर रकम माग गरे ।









