पूर्वसचिव भीम उपाध्यायविरुद्ध उजुरी, के हो कसुर ?

काठमाडौं— पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी मुद्दामा उजुरी दर्ता भएको छ ।
भरतपुर महानगरपालिका-१६ की पूर्णीमाया गुरुङले उपाध्यायविरुद्ध बिहीबार उजुरी दिएकी हुन् । उपाध्यायले आफ्नो दुई वर्षअघि माइती गाउँको भिडिओबाट स्क्रिन सर्ट लिएर ‘गोरु खाने धराने’ भन्दै फोटो फेसबुकमा हालेको भन्दै उजुरी दिएकी हुन् ।
उनका अनुसार दुई वर्षअघि तनहुँस्थित माइतीमा पुगेका बेला राँगाको मासु खाएको भिडिओ टिकटकमा हालिएको थियो । तर रमाइलोका लागि हालेको उक्त भिडिओबाट फोटो काटेर अहिले धरानको गोरु खानेहरुसँग जोडेर आफ्नो बदनाम गरिएको उनले बताएकी छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० ११:५१













