दुधकोशी र कमला नदीमा जल सतह बढ्यो, सर्तकता अपनाउन आग्रह

काठमाडौं— निरन्तरको वर्षाले नदीहरूमा जल सतह उच्च भएपछि सिराहाको स्थानीय प्रशासनले दुधकोशी र कमला नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
यी नदीमा जल सतह खतराको तहभन्दा माथि पुगेको छ । खोटाङको रबुवा बजारमा दुधकोशीमा पानीको सतह ६ मिटर नाघेको छ भने सिन्धुलीको रानीबासमा कमला नदीको जल सतह झण्डै ४ मिटर पुगको बाढी पूर्वमानुमान महाशाखाले जनाएको छ ।
प्रशासनले सिरहामा पछिल्लो २४ घण्टामा १०९ मिलिमिटर वर्षा भएपछि सतर्कता अपनाउन आग्रह गरेको हो । शुक्रबार बिहान मात्रै सिराहामा ४९ दशमलव ४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० ११:०१













