News Griha :: न्यूजगृह
शिक्षकको तलबसहितको विवरण स्वीकृत

काठमाडौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलबदेखि सेवासुविधासम्बन्धी विवरण स्वीकृत गरेको छ ।

मन्त्रीस्तरीय निर्णयले आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम कार्यान्वयन पुस्तिका स्वीकृत गरेको हो । सो पुस्तिका शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको छ ।

पुस्तिकामा स्थायी शिक्षक, अस्थायी तथा करार शिक्षक, अनुदान कोटामा कार्यरत शिक्षक, साविक उच्चमावि तहको अनुदान कोटमा कार्यरत शिक्षक, प्राविधिक धारमा कार्यरत प्रशिक्षक एवम् सहायक प्रशिक्षक, अनुदानमा कार्यरत शिक्षक तथा कर्मचारी, प्रारम्भिक बालविकास (ईसीडी) शिक्षकको पारिश्रमिक र विद्यालय कर्मचारी व्यवस्थापन अनुदान रकमको विवरण समावेश छ ।

पुस्तिका हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०९:५५
Weather Update