कार्यक्रम कार्यान्वयन पुस्तिका सार्वजनिक, बालविकासबारे यस्तो व्यवस्था

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम कार्यान्वयन पुस्तिका सार्वजनिक गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट गत भदौ ५ गते स्विकृत गरेको कार्यान्वयन पुस्तिका केन्द्रले सार्वजनिक गरेको हो ।
अर्थिक वर्ष २०८०/८१ को नीति तथा काययक्रम एवम् बजेट वक्तव्यमा विद्यालय शिक्षासँग सम्बन्धित कार्यक्रम तथा प्राथमिकतामा उल्लेखित कार्यक्रम कार्यान्वयनका लागि पुस्तिका सार्वजनिक गरेको केन्द्रले जनाएको छ ।
उक्त पुस्तिकामा विद्यालयको पहिलो आधार प्रारम्भिक बालविकास केन्द्रका शिक्षकको पारिश्रमिकबारे उल्लेख गरिएको छ ।
यसअघि संघीय सरकारले दिँदै आएको पारिश्रमिक १० हजार रुपैयाँ नै कायम गरिएको पुस्तिकामा उल्लेख छ ।
हेर्नुस् पुस्तिका अंश
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० ०७:१२













