News Griha :: न्यूजगृह
जनार्दन शर्माको फेसबुक पेज ह्याक, अनावश्यक भिडिओ पोस्ट
फाइल तस्बिर

काठमाडौं— नेकपा माअ‍ोवादी केन्द्रका तथा पूर्वगृहमन्त्री जनार्दन शर्माको फेसबुक पेज ह्याक भएको छ । 

केही दिनदेखि उनको आधिकारिक फेसबुक पेज ह्याक भएको हो । जनार्दन शर्मा ‘प्रभाकर’ नामको उनको फेसबुक फेज ह्याक गरी अनावश्यक भिडिओ अपलोड भएको छ ।

पछिल्लो सयम सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सामाजिक सञ्जाल ह्याक गरी पैसा बार्गेनिङ गर्ने क्रम बढ्दो रहेको छ । यसैबीच नेता शर्माको फेसबुक आफ्नै नियन्त्रणमा फर्काउने प्रयास भइरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १०:५२
Weather Update