पहिरोका कारण कान्तिलोक पथ अवरुद्ध

काठमाडौं— ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा कान्तिलोक पथमा यातायात अवरुद्ध भएको छ ।
निरन्तर परेको पानीपछि मकवानपुर र ललितपुरको सिमानास्थित कान्तिलोक पथको भट्टेडाँडामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको जनाएको छ । मौसम सुधार भए अपराह्नसम्म पहिरो पन्छाइने मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८० ११:०८













