News Griha :: न्यूजगृह
ऐतिहासिक १३ तले मन्दिरको प्रचारमा जुट्दै स्थानीय
ऐतिहासिक १३ तले मन्दिरको प्रचारमा जुट्दै स्थानीय विसं २००८ मा स्थापना भएको मन्दिरलाई अहिले मन्दिर व्यवस्थापन समितिले पुनः निर्माण गरी जिल्लाकै अग्लो १३ तले मन्दिरका रूपमा विस्तार गरेको छ । धार्मिक महत्व बोकेको मन्दिर ओझेलमा पर्न थालेपछि यहाँका स्थानीय मन्दिरको मर्मतसँगै प्रचारमा लागेका हुन् ।
नेदरल्यान्डको समर्थनमा डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित
नेदरल्यान्डको समर्थनमा डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित मन्त्री डा. महतले जलवायु वित्तबाट सञ्चालित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै यसै एसेम्वलीबाट अनुमोदित विश्व जैविक विविधता खाका कोषलगायतका श्रोत अति प्रभावित मुलुकहरूमा केन्द्रीत गर्न अनुरोध गरे ।
चार वटा जलविद्युत आयोजना निर्माण गर्न साढे ३६ अर्बको लगानी स्वीकृत
चार वटा जलविद्युत आयोजना निर्माण गर्न साढे ३६ अर्बको लगानी स्वीकृत यस्तै, लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकास क्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्य दिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।
पाँच किलो चाँदीको सामानसहित भारतीय नागरिक पक्राउ
पाँच किलो चाँदीको सामानसहित भारतीय नागरिक पक्राउ पक्राउ पर्नेमा भारत मधुवनी बरहमपुरा–३ बस्ने ५२ वर्षीय विश्वनाथ साह रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
तटबन्ध भत्काएर बस्तीमा पस्दै राप्ती, एक दर्जन बस्तीका बासिन्दा त्रसित
तटबन्ध भत्काएर बस्तीमा पस्दै राप्ती, एक दर्जन बस्तीका बासिन्दा त्रसित तटबन्ध निर्माण नभएकाले राप्ती सोनारीको ६ र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायत गाउँका साथै नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षालगायत बस्ती डुबानको जोखिममा रहेको सर्री माविका प्रधानाध्यापक सुकबहादुर थारुले बताए ।
आफूविरुद्ध उजुरी परेपछि भीम उपाध्यायले भने– केही समूहले बहिनीलाई उजुरी फिर्ता नलिन भनेछ
आफूविरुद्ध उजुरी परेपछि भीम उपाध्यायले भने– केही समूहले बहिनीलाई उजुरी फिर्ता नलिन भनेछ आफूविरुद्ध प्रहरीमा उजुरी परेपछि पूर्वसचिव भीम उपाध्याय माफी मागेको जानकारी दिएका छन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी उजुरी दर्ता भएको थियो ।
नेपाली बजारमा कतिमा हुँदैछ सुनको कारोबार ?
नेपाली बजारमा कतिमा हुँदैछ सुनको कारोबार ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय र तेजावी सुन प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल अन्तर्राष्ट्रिय भ्रष्टाचारको अखडा बनेको बुझेको छु : नेता कोइराला
नेपाल अन्तर्राष्ट्रिय भ्रष्टाचारको अखडा बनेको बुझेको छु : नेता कोइराला नेपाली कांग्रेस नेता शेखर कोइरालाले देश अन्तर्राष्ट्रिय भ्रष्टाचारको अखडा बन्दै गएको बताएका छन् । शुक्रबार पत्रकारहरूसँग उनले देशमा ठूला भ्रष्टाचारका घटना बाहिर आउने क्रम जारी रहेको बताए । 
सामुदायिक वनमा मानव कंकाल फेला
सामुदायिक वनमा मानव कंकाल फेला उनले वनभित्र भेटिएको कंकालबारे अनुसन्धान भइरहेको जानकारी दिए । वाणगंगा नगरपालिका–६ को वन छेउका स्थानीयले च्याउ खोज्न जाँदा मानव कंकाल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
वनस्थलीको विद्युत प्राधिकरण कार्यालयमा आगलागी
वनस्थलीको विद्युत प्राधिकरण कार्यालयमा आगलागी काठमाडौं महानगरको दमकलको सहायताले आगो नियन्त्रणमा लिइसकेको छ । प्रहरीका अनुसार कार्यालय भवनको तेस्रो तलामा आगो लागेको हो ।
‘जितुको हास्यव्यंग्य गाईजात्रा-२०८०’ कार्यक्रम आउने   
‘जितुको हास्यव्यंग्य गाईजात्रा-२०८०’ कार्यक्रम आउने    गाईजात्रा नजिकिएसँगै कलाकार जीतु नेपालले दर्शकहरूका लागि ‘जितुको हास्यव्यङ्ग्य गाईजात्रा–२०८०’ ल्याउने भएका छन् । उनले स्टेज तथा डिजिटल प्लेटफर्ममार्फत गाईजात्रा प्रस्तुति दिने भएका हुन् ।
काठमाडौंको बागमतीमा ‘नदी महोत्सव तथा महाजल यात्रा’ हुने
काठमाडौंको बागमतीमा ‘नदी महोत्सव तथा महाजल यात्रा’ हुने बाजागाजासहित सुरु हुने महोत्सव तथा महाजल यात्रामा सबैलाई नदी नजिक पुर्‍याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराउने नाराले जनाएको छ । सोही अवसरमा सहभागीले नदी सरसफाइसमेत गर्ने छन् ।
Weather Update